• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार १६:१६
  • ८४५

    वीरगंज | भनिन्छ, विपद् बाजा बजाएर आउँदैन। अर्थात्, यो जुनसुकै दिन अनि जुनसुकै समयमा पनि निम्तिन सक्छ। विश्वमै नेपाल विपद्को जोखिमयुक्त देशमध्येको एक भनेर विज्ञले औंल्याईरहेका छन्। त्यसमा पनि पश्चिम नेपाल झनै जोखिमपूर्ण रहेको विज्ञहरुको भनाई छ। प्राकृतिक र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरु स्वतः जोखिममा पर्ने नै भए। त्यसमापनि अपांगता भएकाहरु सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन्। किनकि विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकि अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति भने जहीँको त्यही हुने गर्छन्। किनकि यहाँ मानव निर्मित संरचना अपांगतामैत्री छैनन्। बहुतले भवन छन् तर अपांगमैत्री नहुँदा उनीहरु विपद्का बेला हतार गरेर सुरक्षित स्थानमा जान सक्दैनन्। उक्त बेला नत सँगै भएकाहरुले सुरक्षित स्थानमा लैजाने प्रयत्न नै गर्छन्। किनकि विपद्को बेला आफू सुरक्षित हुन सबैले खोज्नु सामान्य नै हो। अपांगता भएकाहरु बढी जोखिममा पर्नुमा यहाँ निर्मित संरचना दोषी रहेको सरोकारवाला बताउँछन्। गण्डकी प्रदेश सरकार र आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरासँगको सहकार्यमा अपांगता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजनामा ‘समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धी’ छलफलमा बोल्दै पूर्ण दृष्टिविहीन छवि आलेले भने, ‘यहाँका सरकारी कार्यालयमा पुग्दा वा होटलमा बैठक बसेको बेलामा भूकम्प गयो भने हामी कसरी बाँच्ने?’ उनी त्यतिमा रोकिएनन् र अगाडि भने, ‘तपाईंहरु त दौडेर सुरक्षित स्थानमा पुग्नु होला, तर म कसरी निस्किन्छु ?’ उनले विपद्का बेला बाहिर निस्किने आकस्मिक ढोका समेत सरकारी कार्यालय वा होटल, अस्पतालमा नभएको भन्दै गुनासो सुनाए।

    शारीरिक अपांगता भएका दण्डपाणी ढकालले अपांगमैत्री भवन निर्माण नहुँदा विपद्का बेला आफूहरु थप जोखिममा परेको बताए। ‘संविधान र कानूनमा अपांगमैत्री भवन, भवन संहिता होलान् तर हामीलाई विपद्का बेला तत्काल बाँच्नका लागि वातावरण छैन,’ उनले भने। दुवै कान नसुन्ने पार्वती भुजेलले सूचना पहुँचयुक्त नहुँदा अपांगता भएकाहरु जोखिमबाट बच्न समस्या परेको बताइन्। ‘विपद सम्बन्धी सूचनाहरु अपांगता नभएका व्यक्तिका लागि मात्र बनाइन्छन्,’ उनले भनिन्, ‘हामी बहिराले कसरी थाहा पाउने?’ सूचना सांकेतिक भाषामा पनि निर्माण गरेर प्रसारण गर्नुपर्ने उनको भनाई थियो। शारीरिक अपांगता भएका सुनिता पौडेलले खुड्किलो भएको सिंंढीका कारण विपद्मा आफूहरु सुरक्षित स्थानमा जान सक्ने अवस्था नरहेको बताईन्। ‘सिंंढीमात्र हटाइदिए मात्र पनि हामी सुरक्षित हुन्थ्यौं,’ उनले भनिन्।

    कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले विपद्मा अन्य भन्दा अपांगता भएकाहरु दुईदेखि चार गुणासम्म बढी जोखिममा पर्ने गरेको उल्लेख गरे। ‘किनकि यहाँका भौतिक संरचनाका कारण हामीले अवरोध सामना गर्नुपर्छ,’ उनले भने। राज्यले अपांगता भएकाहरुको तथ्यांक संकलन गर्ने, विपद् सम्बन्धी सूचना जारी गर्ने, पहुँचयुक्त संरचना निर्माण गर्ने, भवन संहिता अनिवार्य लागु गर्ने लगायतका कार्य गर्नुपर्ने उनको भनाई छ। डिडा नेपालका अध्यक्ष दीपक तिमिल्सेनाले अपांगता भएकाहरुको मानव अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको बताए। उनले भने,‘समावेशी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न राज्य जिम्मेवार हुनुपर्छ।’

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब आइन्दा गण्डकीमा बन्ने सरकारी भवन अपांगमैत्री बनाउने घोषणा गरे। ‘संविधान र कानूनमा अपांगता भएकाको अधिकार सुनिश्चित गरिएको तर यसको कार्यान्वयनमा राज्यसँगै नागरिक पनि लाग्नुपर्छ,’ उनले भने, ‘अब आइन्दा अपांगमैत्री नभएका भवन बन्दैनन्।’ उनले सरकारले नागरिकलाई भने अनिवार्य अपांगमैत्री संरचना बनाऊ भन्न नसक्ने बताए।‘भवन कस्तो बनाउने भन्ने व्यक्तिको मौलिक अधिकार हो । उसको निजी सम्पत्तिमा राज्यले यही गर भन्न सक्दैन,’ उनले भने। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राज्यको नेतृत्वमा बसेकाहरुले अपांगतामैत्री संविधान र कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘आफू अपांग व्यक्ति हुँ, मैले आफैलाई हेरेर संरचना बनाऔं,’ उनले भने। कार्यक्रममा कोपिला नेपालकी कार्यकारी निर्देशक तथा अधिकारकर्मी बिना सिलवाल, डिडा नेपालका महासचिव गिरीधारी शर्मा, ईन्सेक गण्डकीका अध्यक्ष शिव खकुरेल लगायतले लगायतले संविधान र कानून अपांगमैत्री भएपनि कार्यान्वयन नहुँदा अपांगता भएकाहरु विपद्को जोखिममा पर्ने गरेको बताए। संविधान र कानून कार्यान्वयन गरेर अपांगता भएकाहरुको बाँच्न पाउने अधिकार सुरक्षित गर्नुपर्ने उनीहरुको भनाई थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑