• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको सिखहरूले मनाए आफ्ना दसौँ गुरु “गुरु गोविन्द सिंह” को जन्म जयन्ती

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार ११:३३
  • १२८९

    वीरगञ्ज । वीरगञ्जको सिखहरूले आफ्ना दसौँ गुरु “गुरु गोविन्द सिंह” को जन्म जयन्ती मनाएका छन् ।
    एक महान् योद्धा, कवि, भक्त र आध्यात्मिक नेताका रूपमा परिचित गुरु गोविन्द सिंह ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौँ गुरु बनेका थिए । उनलाई सिखहरूले आफ्नो दसौँ गुरुका रूपमा पुज्ने गर्दछन् ।

    वीरगञ्जमा रहेको सिख समुदायले पनि उनको जन्म जयन्ती मनाएको छ । गुरु गोविन्द सिंहको जन्म जयन्तीको अवसरमा सिख समुदायका सदस्यहरूले बुधवार बिहानै र्‍याली निकालेका थिए । वीरगञ्ज नगर परिक्रमा गर्दै र्‍याली गुरु नानक सत्सङ्ग गुरुद्वारामा पुगेर टुङ्गिएको थियो । र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न धार्मिक गीतहरू गाउँदै गुरु गोविन्द सिंहलाई सम्झेका थिए । गुरुद्वारा पुगेको र्‍यालीले विभिन्न पूजा गर्दै गुरु गोविन्द सिंहले प्रदान गरेको ज्ञान र उपदेशलाई सम्झेको थियो ।

    मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ” भन्ने मान्यताका साथ अगाडि बढ्ने गुरु गोविन्द सिंहले जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिएको मानिन्छ । उनी निक्कै शान्त स्वभावका व्यक्ति थिए । भनिन्छ उनले आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्थे ।

    गुरु गोविन्दलाई उनको बाल्यकालमा गोविन्द राय भनिन्थ्यो । उनका पिता गुरु तेघबहादुर नवौँ सिख गुरु थिए । गुरु गोविन्दको जन्म हुँदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न गएका थिए । गोविन्द सिंहको बाल्यकालको ४ वर्ष पटनामा बितेको थियो । पटनामा उनी त्यस बेला बस्ने घरलाई अहिले “तखत श्री पटना साहिब” नामको गुरुद्वारा स्थापना गरिएको छ । ४ वर्ष पटनामा बिताएपछि उनी आफ्नो परिवारसँग पन्जाब पुगेका थिए । त्यसको दुई वर्ष पछि फेरी गुरु गोविन्द सिंह आफ्नो बुवा आमासँग हिमालयको शिवालिक पहाडमा बसाइ सुरु गर्दै र त्यहाँबाट उनको प्रारम्भिक शिक्षा सुरु गरेका थिए ।

    गोविन्द सिंह र उनका पिताको पहलमा उनीहरू बसेको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुँदै गएको मानिन्छ । यद्यपि, केही कस्मिरी पण्डितहरूले गोविन्दका पिता तेघबहादुरलाई जबरजस्ती धर्म परिवर्तन गरेर मुसलमान बन्न दबाब दिएपछि तेघबहादुरले इस्लाम स्विकार्न इन्कार गरेका थिए र त्यसै कारण दिल्लीको चाँदनी चौकमा उनको पिता गुरु तेघबहादुरको शिर काटी हत्या गरिएको थियो । तेघबहादुरको हत्या पश्चात् गुरु गोविन्द सिंह सिखहरूको नयाँ गुरुको रूपमा स्थापित भएका थिए ।

    त्यसपछि, गुरु गोविन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नयाँ परिवर्तन ल्याएको मानिन्छ । सन् १६९९ मा उनले “खाल्सा” को निर्माण गरेका थिए । “खाल्सा” सिख धर्मावलम्बीका अनुयायीहरूको सामूहिक रूप हो । गुरु गोविन्द आफ्नो भक्तहरूलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित थिए । त्यसबाहेक गुरु गोविन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि थिए । गुरु गोविन्द सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रन्थ साहिब’लाई सिखहरूको गुरु बनाए र व्यक्तिहरू गुरु हुने प्रचलनको अन्त्य गरे । यस हिसाबले पनि उनी सिखहरूको अन्तिम गुरु हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑