वीरगंज । माघेसंक्रान्तिको अवसरमा गण्डकी स्नान गर्नेहरूले रुरु बगर भरिएको थियाे । रुरुलाई नेपालका चार धाममध्येको एक मानिन्छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गर्नेहरूले बगर खचाखच थियाे । तर, देशकै प्रतिष्ठित मेला स्थानीय तहहरूको प्रतिष्ठाको लडाइँका कारण विभाजित बन्न पुग्याे । स्थानीय तह पहिले रुरु क्षेत्र विकास समिति थियो । जसले तीन जिल्ला समन्वय गरेर एकीकृत रुरु मेला व्यवस्थापनको काम गर्थ्यो । तर, स्थानीय तहपछि तीन जिल्लाले आ-आफ्नै बगरमा कार्यक्रम गर्न थालेका छन् । स्थानीय सरकार आएपछि आन्तरिक स्राेतको कारण रुरु क्षेत्र विकास समिति चेपुवामा परेपछि अहिलेको अवस्था आएको तानसेन नगरपालिका– १४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।
‘स्थानीय सरकारको नदीजन्य पदार्थ उत्खनन मोहले रुरु क्षेत्र कुरूप बन्यो । स्थानीय तहबीच धामको व्यवस्थापनभन्दा पैसामा ध्यान छ,’ उनले भने, ‘एकीकृत मेला व्यवस्थापनमा जोड गरे पनि हुन सकेन ।’ रुरु मेलामा गुल्मीतर्फ व्यापारिक स्टलहरू धेरै छन् । सांस्कृतिक तथा कृषि प्रदर्शनी गरिएको छ । पाल्पामा ऋषिकेश मन्दिर भएकाले गण्डकी नुहाएपछि दर्शनार्थीले दर्शन गर्छन् । स्याङ्जातर्फ भलिबल, स्थानीय कला संस्कृतिको प्रदर्शनी र कलाकारहरूको छुट्टै कार्यक्रम भइरहेको छ ।
मेला एकीकृत नभएकोमा स्थानीयसमेत खुसी छैनन् । रुरुका अगुवा व्यवसायी सुन्दर कसजूले रुरु धामको विकास र मेलाको सबैलाई अपनत्व महसुस गराउन तीनवटै जिल्लाको एकीकृत कार्यक्रम हुनुपर्नेमा जोड दिए । फरकफरक कार्यक्रमले व्यवस्थापन लागत बढी हुने, दर्शनार्थीको भावनामा चोट पुग्ने र सिमानाको विवाद बढ्ने भएकाले जिल्ला तथा पालिका तहबाट एकीकृत रुरु मेला आवश्यक रहेको कसजूले बताए ।माघेसंक्रान्तिको अवसरमा गण्डकी स्नान गर्नेहरूले रुरु बगर भरिएको थियाे । रुरुलाई नेपालका चार धाममध्येको एक मानिन्छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गर्नेहरूले बगर खचाखच थियाे । तर, देशकै प्रतिष्ठित मेला स्थानीय तहहरूको प्रतिष्ठाको लडाइँका कारण विभाजित बन्न पुग्याे ।
स्थानीय तह पहिले रुरु क्षेत्र विकास समिति थियो । जसले तीन जिल्ला समन्वय गरेर एकीकृत रुरु मेला व्यवस्थापनको काम गर्थ्यो । तर, स्थानीय तहपछि तीन जिल्लाले आ-आफ्नै बगरमा कार्यक्रम गर्न थालेका छन् । स्थानीय सरकार आएपछि आन्तरिक स्राेतको कारण रुरु क्षेत्र विकास समिति चेपुवामा परेपछि अहिलेको अवस्था आएको तानसेन नगरपालिका– १४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।