• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सानो पाइला सहकारीद्वारा एक अर्ब भन्दा बढी रकम हिनामिना, ८ सय बचतकर्ताको बिचल्ली

  • वीरगंज संजाल
  • २ माघ २०८०, मंगलवार १२:२१
  • ११३३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १० आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरू बचतकर्ताले जम्मा गरेको एक अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार भएपछि आठ सय भन्दा बढी बचतकर्ताहरू बिचल्लीमा परेका छन् ।काठमाडौँको कालीमाटीस्थित केन्द्रीय कार्यालय रहेको सानो पाइला सहकारीका मुख्य व्यवस्थापक तथा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हुन् । गत जेठदेखि नै सहकारीका सञ्चालक र कर्मचारीहरू कार्यालय नै बन्द गरी सम्पर्कविहीन छन् । आफूहरूले बचत गरेको रकम फिर्ता र सञ्चालकलाई कारबाहीको माग गर्दै पीडित बचतकर्ताहरूले वीरगञ्जमा पटक–पटक सडक प्रदर्शन गर्दै आएका छन् । उनीहरू वीरगञ्ज महानगर र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी पनि दिएका छन् । यद्यपि अहिलेसम्म उनीहरूले सहकारीमा बचत गरेको रकम फिर्ता भने पाउन सकेका छैनन् ।एक वर्षदेखि सहकारीका कर्मचारीले जम्मा भएको पैसा फिर्ता नदिएपछि पीडित बचतकर्ताहरूले गत जेठ ३२ गते आदर्शनगरस्थित सहकारीको कार्यालयमै धर्ना दिँदै प्रदर्शन गरेका थिए । त्यसपछि पनि कुनै सुनुवाइ नभएपछि गत पुस २७ गते पनि उनीहरूले वीरगञ्जमा विरोध जुलुस निकालेर प्रदर्शन गरेका थिए ।

    स्वास्थ्य उपचारको लागि थोरै थोरै गरेर जम्मा गरेको रकम आवश्यकता परेको बेला फिर्ता नपाउँदा आफू बिचल्लीमा बचतकर्ता अंकति अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर प्रत्येक महिना मिहिनेत गरेर कमाएको २०/२५ हजार जम्मा गर्दै आएको थिए । १० लाख जति एफडी पनि गरेको थिए, अहिले उपचार गराउने समय आउँदा सहकारीको अफिस नै बन्द छ । अब मैले आफ्नो उपचार कसरी गराउने ?’अर्का पीडित बचतकर्ता विक्रम सर्राफको दुखेसो पनि उस्तै छ । उनी भन्छन्, ‘एक वर्ष पहिले हामीहरू पैसा माग्न पुगेपछि पाँच/पाँच हजारको दरले दिन्छौँ भनेर शाखा प्रमुखले भनेका थिए । तर एकसुकोपनि फिर्ता पाइएन । खुन पसिना चुहाएर कमाएको पैसा डुब्यो ।’पीडित बचतकर्ता मध्येका अर्का रामबाबु कलवारको पीडा त अझ दुखदायी छ । छोरीको बिहेको लागि भने जम्मा गरेको पैसा पनि सहकारीबाट फिर्ता नपाएको उनी बताउँछन् । उनी भन्छन्, ‘जग्गा बेचेर श्रीमतीको नाममा खाता खोली ६ लाख रुपैयाँ जम्मा गरेको थिए । त्यसको अलावा दैनिक ५००/१००० को दरले पनि पैसा जम्मा गर्दै आएको थिए । छोरीको बिहे बेला पैसा झिक्न जाँदा सहकारीमा ताला लागेको देखेर आफै पो जिल्ल परियो । सहकारीका साहुहरूको अत्तोपत्तो छैन, कर्मचारी पनि सम्पर्कविहीन छन् ।’पीडित बचतकर्ताहरूले सानो पाइला सहकारी पीडित सङ्घर्ष समिति नै गठन गरेर चरणबद्ध आन्दोलन सुरु गरेका छन् । सङ्घर्ष समितिका संयोजक सुशील अग्रवालका अनुसार सानो पाइला सहकारीमा वीरगञ्जका साना तथा ठूला व्यापारी, मजदुर, सर्वसाधारण गरी आठ सय भन्दा बढी व्यक्तिको करिब एक अर्ब ३५ करोड रुपैयाँ बचत रहेको थियो ।

    अग्रवाल भन्छन्, ‘पुस २७ मा जुलुस निकालेर प्रदर्शन गर्‍यौ । अब फरार सहकारीका मुख्य सञ्चालक जीबी राईसहितकालाई पक्राउ गरी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ज्ञापन पत्र बुझाउँछौ ।’ त्यसपछि जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूलाई पीडितहरूले सामूहिक रूपमा भेटेर दबाब दिने उनको भनाई छ ।महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख सुनिल कर्णका अनुसार सानो पाइला सहकारी विरुद्ध महानगरको शाखा मात्रै ११५ भन्दा बढी बचतकर्ताको लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ५२ वटा उजुरी परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा बताउँछन् । बचतकर्ताहरूले महानगरमा मात्रै दिएको उजुरीका आधारमा सानो पाइला सहकारीले एक अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको देखिएको कर्ण बताउँछन् ।
    पक्राउ पुर्जी जारी भएपछि जीबी राईसहितका सञ्चालकहरू फरार
    सहकारीले एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता दिन आनाकानी गरेको भन्दै महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा उजुरी परेपछि गत जेठ १६ गतेभित्र सञ्चालकहरूलाई महानगरपालिकामा उपस्थित हुन पत्र काटेको थियो । तर उक्त समयभित्र सहकारी सञ्चालकहरू उपस्थिति नभएपछि जेठ ३१ गते फेरि महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्दै सात दिनभित्र महानगरपालिका कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो । यद्यपि सहकारीका सञ्चालकहरूले त्यसलाई पनि अटेरी गरे ।

    त्यसपछि असार २४ गते महानगरपालिकाले संस्थाका मुख्य सञ्चालक तथा संरक्षक जीबी राईसहितका सञ्चालकहरूलाई महानगरपालिकाको कार्यालयमै झिकाएर छलफल गरेको थियो । उक्त छलफलमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय माग गर्दै संस्थाको आर्थिक अवस्था बारे प्रस्ट हुने गरी एउटा श्वेत पत्र जारी गर्न भनेका थिए ।यद्यपि संस्थाले जारी गरेको श्वेत पत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारीको कार्यालयमा अनुगमनमा पनि पुगेको थियो । तर अनुगमनमा पुग्दा त्यस दिन सहकारीको कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको शाखा प्रमुख कर्ण बताउँछन् ।त्यसपछि गत भदौ ४ गते महानगरपालिकाले सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चल अचल सम्पत्ति रोका गरेर उनीहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो । महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो ।
    महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख कर्णका अनुसार महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै नेपाल राष्ट्र बैङ्कलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैङ्क खाताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको थियो ।

    यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एवम् संरक्षक जिबी राई, अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको थियो ।महानगरको उक्त सिफारिसपछि पर्सा जिल्ला अदालतले गत असोज पहिलो साता सहकारीका सञ्चालक, व्यवस्थापक, सदस्य र कर्मचारी सहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीका संस्थापक जीबी राई, वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्व सचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थान बहादुर बुढा मगर, धीरजकुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    पक्राउ पुर्जी जारी भएकामध्ये अहिलेसम्म कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव मात्र पक्राउ परेका छन् । अन्य व्यक्तिहरू भने फरार नै छन् । रम्तेललाई काठमाडौँस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले भदौ २५ गते नै पक्राउ गरेको थियो । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले सहकारी मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम पनि हिनामिना गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो ।यादवलाई भने पर्सा प्रहरीले गत असोज ५ गते पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पुर्जी जारी भएका मध्ये फरार रहेकाहरूको पनि खोजी कार्य जारी रहेको शाह बताउँछन् ।बचतकर्ताहरूले जम्मा गरेको रकम फिर्ता माग्दै प्रदर्शन र धर्ना दिन थालेपछि वीरगञ्जस्थित सहकारीको शाखाका कर्मचारीहरू पनि ६ महिना पहिले नै कार्यालय छाडेर सम्पर्कविहीन भइसकेका छन् । कार्यालयमा महत्त्वपूर्ण कागजात र उपकरणहरू पनि छैनन् । गत पुस २७ गते महानगरपालिकाले उक्त सहकारीको शाखा कार्यालय सिल पनि गरिसकेको छ ।महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा वडाध्यक्ष जयप्रकाश अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव र प्रहरी सहायक निरीक्षक राम ईश्वर महतोको रोहवरमा सहकारी सिल गरिएको महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखा प्रमुख कर्णले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑