बारा,२०पुष:बारामा रहेको एक इँट्टा उधोगमा अलपत्र अवस्थामा काम गरिरहेका ३४ जना भारतीय नागरिकको प्रहरीले उद्दार गरेको छ ।बाराकाे पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित साफा इँट्टा उद्योगमा अलपत्रमा परी ज्यालादारी गरी बसी रहेका उनीहरूको प्रहरीले उद्दार गरेको हो ।
इँट्टा उधोगबाट उद्दार गरिएका मध्ये महिला १०, पुरुष ९ र बालबालिका १५ गरी जम्मा ३४ जना रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उद्धार गरिएका सबैलाई भारतीय एसएसबीकाे जिम्मा लगाइ उनिहरुकाे घर पठाइएको प्रनाउ न्यौपानेले बताए ।