• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमा सम्हाल्दै सशस्त्र दम्पती

  • वीरगंज संजाल
  • २० पुष २०८०, शुक्रबार ११:४३
  • १०५३

    वीरगंज | सुरक्षाका दृष्टिले संवेदशील मानिएको कपिलवस्तुमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दम्पतीले दुई बोर्डर आउट पोस्ट (बिओपी) को कमान्ड सम्हालिरहेका छन्। गत असोज पहिलो सातायता शीतल इटनी र उनकी पत्नी दुर्गा कडायत बिओपीको कमान्डिङमा छन्। तराईमा पर्ने जिल्ला कपिलवस्तुको सीमाक्षेत्र र त्यहाँ हुने आपराधिक क्रियाकलापका कारण निकै संवेदनशील मानिन्छ।
    सीमामा हुने अपराध, तस्करी, लागुऔषध, मानव बेचबिखनलगायत समस्या कपिलवस्तुका मुख्य चुनौती हुन्। तर त्यस्ता चुनौतीका बाबजुद इटनी र कडायत दम्पती सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा खटिएका छन्।

    उनीहरू गत असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए। विवाह गरेको तीन महिनापछि नै उनीहरूले बिओपीको कमान्ड सम्हालेका हुन्। इटनीले कृष्णगनर नगरपालिका- ६ भिल्मी र कडायतले महाराजगन्ज नगरपालिका- १० हर्दौना बिओपीको कमान्ड सम्हाल्दै आएका छन्। ती दुवै बिओपीसँगै जोडिएका छन्। हर्दौनाको पूर्वतिर भिल्मी बिओपी छ। भारतसँग जोडिएको ९३ किलोमिटर सीमा नाकामध्ये हर्दौना बिओपीको ५ दशमलव ५ र भिल्मी बिओपीको ८ किलोमिटर क्षेत्र उनीहरूको कमान्डमा पर्छ।
    हर्दौनामा आउजाउका लागि चारवटा र भिल्मीमा पाँचवटा सीमा नाका छन्। ती नाकाको नियमित गस्ती गर्दै निगरानी बढाएको उनीहरूले बताएका छन्।

    सशस्त्र प्रहरीको गण नम्बर २८ को मातहतमा ती दुईसहित सात बिओपी छन्। जिल्लामा भने सशस्त्र प्रहरीका १६ युनिट छन्। जिल्लामै दम्पतीले बिओपीको कमान्ड सम्हालेको यो पहिलोपटक हो। यस्तै महिला इन्स्पेक्टरले बिओपीको कमान्ड सम्हालेको पनि यो नै पहिलो हो। कडायतको माइतीघर अछाममा हो। पतिसँगै एकैसाथ बिओपीको कमान्ड सम्हाल्न पाउँदा आफूलाई नौलो अनुभव भएको कडायतले बताइन्। सीमा सुरक्षा, सीमास्तम्भको सुरक्षा, सीमा अपराध, तस्करी नियन्त्रण, सीमामा हुने कुनै पनि आपराधिक गतिविधि नियन्त्रण आफूहरूको मुख्य काम रहेको उनले बताइन्। उनलाई अवधी भाषा बोल्न आउँदैन। भाषाका कारण भने केही समस्या झेल्नुपरेको उनले बताइन्। कक्षा १० सम्म अछाममै पढेकी कडायतले उच्च शिक्षा भने काठमाडौंमा हासिल गरिन्।

    २०७२ सालमा नेपाल प्रहरीको असईमा नाम निकालेर एक वर्षजति त्यहाँ काम गरिन्। त्यसको एक वर्षपछि २०७३ भदौमा निरीक्षकका लागि परीक्षा दिइन्। २०७७ मा बल्ल उनी सशस्त्र प्रहरी निरीक्षक बनिन्। एक भाइ र चार दिदीबहिनी रहेकी उनी आफ्नो गाउँमा उच्च शिक्षा हासिल गर्ने र यो ओहोदासम्म पुग्ने पहिलो हुन्। उनले मातातीर्थ, पोखरा कालिका गण र लामा पाटन, काठमाडौंको सिनामंगलमा उद्धारको तालिमसमेत लिइन्। हेडक्वार्टरमा तीन महिना तालिमपछि उनको पोस्टिङ हदौनामा भएको हो। ‘पतिसँगै कमान्डर पद सम्हाल्दा नयाँ अनुभव भएको छ,’ कडायतले भनिन्।

    राम्रो सोचसहित तयारी गरे सफलता मिल्ने उनले बताइन्। अछामजस्तो विकट ठाउँबाट पनि आफूले मिहिनेत र परिश्रम गरी यहाँसम्म आइपुगेको उनले बताइन्। उनले पतिसँगै सीमाको सुरक्षा गर्न पाउँदा धेरै खुसी लागेको बताइन्। धादिङस्थित गाउँकै विद्यालयबाट एसएलसी उत्तीर्ण इटनीले उच्च शिक्षा भने काठमाडौंबाट गरे। इटनी थर सुन्दा अचम्म लागे पनि ब्राह्मण भएको उनले बताए। २०७० साउन ३० गते असईमा नियुक्त भई २०७७ भदौ १४ गते उनी प्रहरी निरीक्षक बनेका हुन्। तालिम केन्द्र प्रशिक्षण इमिस्पी ६, प्रधान कार्यालय सीमा विभाग, तालिम निर्देशनालयमा उनले काम गरे। गत असोज ६ गते उनी भिल्मीमा हाजिर भएका हुन्। पत्नी कडायतसँगै उनले तालिम लिएका थिए। उनले सशस्त्र प्रहरीको नीति, निर्देशनअनुसारै आफूले काम गरिरहेको बताए। पत्नीसँगै सीमा सुरक्षामा सहकार्य गरी काम अघि बढाएको उनले सुनाए।

    भिल्मीमा झन्डै अढाई महिना बिताइसकेको उनले सीमा सुरक्षा र सीमा स्तम्भलगायत सीमासम्बन्धी काम सन्तोषजनक रूपमै बढेको बताए। सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारीअनुसार आफुहरूले सीमा स्तम्भको मर्मतसम्भारको काम सकिसकेको बताए।
    सशस्त्र प्रहरी गण २८ का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले इन्स्पेक्टर दम्पतीले दुई बिओपीमा अहिलेसम्म राम्रो काम गरिरहेको बताए। दिइएको जिम्मेवारीअनुसार दुवैले कर्तव्य पालना गरेको उनको भनाइ छ। भारतीय समकक्षीसँग समेत राम्रो समन्वय गरेर सीमा क्षेत्रको सुरुक्षामा दम्पतीले सही ढंगले काम गरिरहेको उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑