वीरगंज । धनुषाको साना किसान कृषि साहाकारी संस्था लि धनुषा गोबिन्दपुरको १९औं स्थापना दिवसको अवसरमा धनुषा निर्वाचन क्षेत्र नं १ का सांसद दिपक कार्किले किसानहरुको दुख पिडामा कांधमा कांध राखेर हिडने बताएका छन् ।
संस्थाका अध्यक्ष प्रभु नारायण साहको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सद्स्य दिपक कार्किको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साँसद कार्कीले किसानहरु देशको पालनकर्ता भएको भन्दै काँधमा काँध मिलाएर हिडने बताए ।
साना किसान कृषि सहकारी गोबिन्दपुरको १९औं स्थापना दिवस अवसरमा केक काटी कार्यक्रम मनएको छ । सो अवसरमा उत्कृष्ट कर्मचारी,किसान समूह,संस्था र जेस्ठ शेयर सद्स्यको सम्मान समेत गरिएको छ ।
सोही अवसरमा दूध डेरि सुपथ मुल्यमा सहकारी पसल भवनको शिलान्यास कार्यक्रम पनि गरिएको छ ।
पुस १८ गते देखि २०६१ साल देखि शुरु भएको संस्था अहिले ३५ करोड सम्मको लगानी रहेको संस्थाको मुख्य प्रबन्धक राजकुमार साहले बताएका छ्न । सो कार्यक्रमको संचालन संस्थाको कर्मचारी निराजन सिंहले संचालन गरेको थिए ।