वीरगंज । दुई युवकको मृत्यु हुने गरी शुक्रबार ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ ।सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाँचबुझ आयोग ऐन– २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने जानकारी दिएका हुन् ।
‘भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ’, छलफलमा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्छ ।’
शुक्रबार घटना भएकै दिन गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।