पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर सिकटा खोला नजिक गण्डक नहरमा खसेर भारतिय मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। अाज बिहान गण्डक नहरमा खसेको अवस्थामा स्थानिय हरु मोटरसाइकल र मान्छे हेरे पछि स्थानिय प्रहरी लाई खबर दिने बितिकै घटना स्थलमा पुगेका ईलाका प्रहरी कार्यालय जानकिटोलाका प्रहरी पुगेर मोटरसाइकल र मानिसको शव बाहिर निकालेको थियोे ।
गण्डक नहरमा खसेर मृत्यु हुनेमा भारत बिहार ,बेतिया जिल्ला चनपटिया थाना क्षेत्रको जईतिया गाउँ निवासी ४० को भोलान राम रहेको प्रहरीले जनाएका छन।मृतकको शव र बीआर २२ बी ९४१६ नम्बरको हिरो हुण्डा प्रो मोटरसाइकल रहेको हो। प्रहरीका अनुसार अाईतबार रातीको सम्य मृतक राम अाफ्नो ससुराली लक्ष्मीपुर गाउँ तरफ गईरहेकोले सिकटा पुल नजिक गण्डक नहरमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर नहरमा खसेको हुनसकने अनुमान गरिएको छ ।
पुल बाट गण्डक नहरको पानीमा खसेपछी मोटरसाइकल चालकको कठिनग्रिएर मृत्यु भएको छ। प्रहरी हरुले मृतकका शवको प्राकृतिक पहिचान गरि मुचुलका उठाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार बिक्रम थापाले जनाएका छन।