वीरगंज । वीरगंज तराई मधेशमा आज बिहानैदेखि चिसो बढ्नुको साथै सितलहर सुरु भएको छ । चिसो र सितलहरले जनजीवन कष्टकर बनेको छ । चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरु बढी प्रभावित भएका छन् । अत्यधिक चिसोको कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परेको छ ।
ग्रामिण भेगमा खास गरी चिसो छल्न आगो बालेर तापिरहेका छन् ।