• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेवारिसे अवस्थामा जमुनाह हेल्थ डेस्क : विद्युत् लाइन काटियो, ६० लाखका दुई मेसिन अलपत्र

  • वीरगंज संजाल
  • ११ पुष २०८०, बुधबार ०७:५०
  • २०४९

    वीरगंज । नेपाल–भारत सीमाअन्तर्गत जमुनाह नाकास्थित जमुनाह हेल्थ डेस्क बेवारिसे भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि बेवारिसे भएको हो । कामका लागि भारत गएर स्वदेश फर्किने नेपालीको क्षय, कुष्ठ, मलेरिया र कोरोना जाँचका लागि स्थापना गरिएको हेल्थ डेस्क एक वर्षदेखि अलपत्र परेको हेल्थ डेस्कका एचए सुरेन्द्र चलाउनेले बताए । विद्युत् महसुुल नतिर्दा लाइन काटिएको बताए । ‘प्रदेश सरकारले स्वामित्व नलिँदा बिजुली काटिएको छ । झ्याल, ढोका फुटेर टालटुल पारेर काम चलाइरहेका छौँ,’ उनले भने ।

    किट नहुँदा विगत वर्षदेखि कोरोना जाँच हुन सकेको छैन । विद्युत् नहुँदा किट र औषधि राख्ने फ्रिज बन्द भएको उनले बताए । सोलार सिस्टमको विद्युत्बाट एउटा बत्ती मात्र बाल्दै आएको उनको भनाइ छ । ‘विद्युत् नहुँदा किट, औषधि र मलेरिया जाँचका लागि लिएको स्याम्पल राख्न समस्या भएको छ नै, ल्याब र कार्यालयको अन्य उपकरण सञ्चालनमा ल्याउन सकिएको छैन,’ उनले भने ।

    ad
    एचए चलाउनेले कोरोना मात्र नभई मलेरिया र कुष्ठरोगको जाँचसमेत प्रभावित भएको बताए । प्रदेश सरकारको मातहतमा गएपछि नेपालगन्ज उपमहानगरपालिकाले खटाएका स्थायी स्वास्थ्यकर्मी पनि अन्यत्र गएका छन् । ‘एकजना कार्यालय सहयोगी, दुईजना प्रदेशका करार स्वास्थ्यकर्मी र एकजना स्थायी स्वास्थ्यकर्मी मात्र कार्यरत छौँ । यहाँ स्वास्थ्यकर्मीको पनि अभाव छ,’ उनले भने । स्याहार, सुसार नपाउँदा दातृ निकायले करिब ५० लाख रुपैयाँमा निर्माण गरिदिएको हेल्थ डेस्क भवनको भ्mयाल, ढोका फुटेको चलाउनेले बताए । किट र विद्युत्का लागि विभिन्न सरकारी निकायसँग सहयोग माग गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे । ‘हेल्थ डेस्क र कर्मचारी माउविनाको बचेराजस्तै भएका छौँ । विद्युत् र किट तथा आवश्यक जनशक्तिका लागि धेरै ठाउँमा माग गर्दासमेत सुनुवाइ भएन । अब त भन्न पनि मन लाग्दैन,’ उनले भने ।

    प्रदेश सरकारबाट नियुक्त भएका दुईजना स्वास्थ्यकर्मीको करारनामा पनि सकिएको छ । करारनामा नपाए पनि काम गरिरहेको उनले बताए । ‘हाम्रो करारनामा कात्तिक मसान्तसम्म मात्र थियो । थप गर्न माग गर्दासमेत सुनुवाइ भएको छैन । काम गर्ने–नगर्ने अन्योलमा छौँ,’ चलाउनेले भने ।

    ad
    भारतबाट फर्किने नेपालीको तापक्रम मापन गर्न खरिद गरिएका दुईवटा स्क्यानिङ मेसिनसमेत बेवारिसे अवस्थामा छन् । करिब ६० लाखमा खरिद गरिएका स्क्यानिङ मेसिन करिब ६ महिनादेखि बेवारिसे अवस्थामा रहेको उनले बताए । ‘एउटाको कम्तीमा ३० लाख रुपैयाँ पर्ने मेसिन आएको ६ महिना भयो, तर जडान हुने कुनै टुंगो छैन,’ उनले भने, ‘कसैले चासो नदेखाउँदा के गरौँ, कसो गरौँ भन्ने भएको छ ।’ भवन र उपकरणसँगै यात्रुको सुविधाका लागि दाताले दिएको शुद्ध पानी डिस्पेन्सर मेसिन र कोरोनालगायत अन्य सरुवा रोग तथा सरसफाइसम्बन्धी जानकारी दिने डिजिटल होर्डिङ बोर्डसमेत बन्द भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑