आज:
  • होमपेज / देश

    प्रदेश २ : प्रदेशसभा बैठक पौष १४ गते बस्ने, अधिकांश योजनाको रकम भुक्तानी हुन बाँकी

  • वीरगंज संजाल
  • ११ पुष २०७६, शुक्रबार ११:१७
  • ५३८२

    जनकपुरधाम । प्रदेश- २ को प्रदेशसभा बैठक पौष १४ गते बस्ने भएको छ। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिले पौष १४ गते बैठक बोलाउने निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

    बुधबार बसेको समिति बैठकले आगामी पौष १४ गते १ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको नेपाली कांग्रेसका संसदीय दलका नेता प्रदेशसभा सदस्य राम सरोज यादवले जानकारी दिए ।

    प्रदेशसभाको पछिल्लो बैठक २९ कार्तिकमा बसेको थियो । अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएपछि साे बैठक बस्न सकेको थिएन । बैठक सञ्चालन गर्नेबारे सरकारले निर्णय गर्न नसक्दा चौथो अधिवेशन सञ्चालन हुनुपर्नेमा हालसम्म तेस्रो अधिवेशनसमेत अन्त्य हुन सकेको छैन । गत वर्ष चैत महिनामा सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशन हालसम्म जारी छ ।

    अधिकांश योजनाको रकम भुक्तानी भएन

    गत आर्थिक वर्षमा प्रदेश सरकारका विभिन्न मन्त्रालयले वितरण गरेका ८४२ मध्ये ५१० योजनाको रकम भुक्तानी हुन सकेकाे छैन । साे हुन नसकेपछि नै सत्तापक्ष र विपक्षी दलका प्रदेशसभा सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।

    कतिपय योजनामा कामै नगरी भुक्तानीको लागि सिफारिस गरिएको भन्दै प्रदेशको आर्थिक मामिला मन्त्रालयले निकासा रोकेको थियो । भुक्तानी बाँकी रहेको योजनाहरुको विवरण पठाउन आर्थिक मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुलाई पत्राचार गरेको बताइएको छ । मन्त्रालयहरुले विवरण पठाएपछि बाँकी रहेको रकम निकासा गरी सम्बन्धित कार्यालयमार्फत भुक्तानी हुने जनाइएको छ ।

    यता प्रदेशसभा सचिवालयका सूचना अधिकृत अवधकिशोर कुशवाहाले प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे समितिको बैठकले गरेको निर्णयबारे हालसम्म आफूलाई कुनै जानकारी नरहेको बताए । कुशवाहाका अनुसार नयाँ विजनेसको रुपमा सरकारले प्रदेश अनुसन्धान ब्यूरो, प्रदेश पदक, प्रदेश जाँचबुझ आयोग गठन र प्रदेश आवश्यक सेवा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकसहित चारवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

    News24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑