• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–बेलायत सन्धिको सय वर्ष : हस्ताक्षर भएकै सिंहदरबारको हलमा शतवार्षिकी

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १२:०५
  • १३२९

    वीरगंज नेपाल र बेलायतबीच शान्ति सन्धि भएको सय वर्ष पुगेको छ । सय वर्षअघि आजकै दिन अर्थात् १९२३ डिसेम्बर २१ (१९८० पुस ६) मा सिंहदरबारमा सन्धिमा हस्ताक्षर भएको थियो ।
    सन्धि भएकै हल (सिंहदरबारको पश्चिमतिरको स्टेट हल)मा बिहीबार परराष्ट्र मन्त्रालयले सन्धिको शतवार्षिकी आयोजना ग¥यो । भारतसहित दक्षिण एसियामा बेलायती उपनिवेश रहेको त्यस समयमा नेपाल र बेलायतबीच दुई स्वतन्त्र मुलुकको हैसियतमा सन्धि भएको थियो । सन्धिको नाम नेपाल–बेलायत स्थायी शान्ति तथा मैत्री सन्धि दिइएको थियो । बेलायतले नेपालको स्वतन्त्र हैसियतलाई मान्यता दिने गरी सन्धिमा हस्ताक्षर भएकै ठाउँमा परराष्ट्र मन्त्रालयको आयोजनामा बिहीबार सन्धिको शतवार्षिकी मनाइएको हो ।

    नेपालले बेलायतसँग युद्धमा हारेपछि १८१६ मार्च ४ मा सुगौली सन्धि भएको थियो । नेपालले पूर्वमा मेचीदेखि टिष्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको जमिन गुमाउने गरी सुगौली सन्धि भएको एक सय सात वर्षपछि बेलायतले नेपाललाई औपचारिक रूपमा नै स्वतन्त्र अस्तित्व स्वीकार गरेको थियो । सन्धिमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर तथा नेपालका लागि तत्कालीन बेलायती रेजिडेन्ट (राजदूत) लेफ्टिनेन्ट कर्नेल डब्लुएफटी ओकोनरले हस्ताक्षर गरेका थिए । सन्धिमा हस्ताक्षर भएपछि दुई दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो । करिब दुई वर्ष नेपाल र बेलायतबीच सघन वार्तापछि सन्धिले पूर्णता पाएको थियो । त्यसको २४ वर्षपछि भारतबाट बेलायती उपनिवेश अन्त्य भएको थियो ।
    नेपाल र बेलायतबीच सन् १८१६ को सुगौली सन्धिसँगै द्विपक्षीय सम्बन्ध सुरुवात भएको परराष्ट्रमन्त्री साउदले बताए । ‘सन् १९२३ मा सन्धिमा हस्ताक्षर भएपछि नेपाल र बेलायतका बीचमा पारस्परिक विश्वास थपिएको हो,’ उनले भने । बेलायती राजदूत रब फेनले नेपाल कहिल्यै कसैको उपनिवेश नभएको भन्दै दुई देशको सन्धिले सय वर्ष मनाउन पाउँदा आफू उत्साहित भएको बताए । ‘सय वर्षअघि सन्धिमा हस्ताक्षर भएकै हलमा शतवार्षिकी समारोहमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी छु,’ बेलायती राजदूत फेनले त्यही हलमा आयोजित कार्यक्रममा नेपाली भाषामा सम्बोधन गर्दै भने ।

    ad
    बेलायतको इन्डो प्यासिफिकसम्बन्धी मन्त्री अन्न मारिए त्रिभेलेनले सन्धिमा हस्ताक्षर भएकै ठाउँमा सय वर्षपछि नेपाल–बेलायत सन्धिको शतवार्षिकी मनाउनु रोचक भएको टिप्पणी गरेकी छिन् । उनले ट्विटरमा भनेकी छन्, ‘वास्तवमा यो हाम्रो साझा इतिहासको कोसेढुंगा हो । हामी साझा उद्देश्य पूरा गर्न भविष्यमा थप सहकार्यका लागि उत्साहित छौँ ।’ ०७२ वैशाखको भूकम्पले चर्किएपछि सिंहदरबारको जीर्णोद्धार सकिएपछि यो हल प्रयोगमा आएको छ । परराष्ट्रसचिव सेवा लम्सालको आयोजनामा भएको कार्यक्रममा नेपाल–बेलायत सम्बन्धमा जानकार, पूर्वराजदुत, कूटनीतिज्ञ सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑