वीरगंज । नेपाल प्रहरीले यो वर्ष खुलाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर)को भर्नामा पनि न्यून आवेदन परेको छ । ९६ जना इन्स्पेक्टरको मागमा दुई हजार सात सय ९३ मात्र आवेदन परेको छ ।
प्रहरी सहायक निरीक्षक(असइ)मा भने उच्च आवेदन परेको छ । दुई सय ६० जनाको मागमा एक हजार नौ सय ३२ को आवेदन परेको छ ।
ad
इन्स्पेक्टरको भर्नामा विगतमा पनि न्यून मात्र आवेदन पर्ने गरेको छ । गत वर्ष एक सय ४६ जनाको मागमा दुई हजार सात सय ७८ मात्र आवेदन परेको थियो । त्यसमा पनि कतिपय विभागीय (प्रहरीकै तल्ला तहका कर्मचारी) हुने गरेका छन् ।
प्रहरी भर्नामा आकर्षण घटेपछि नेपाल प्रहरीले दुई वर्षअघि त्यसबारे अध्ययन नै गरेको थियो । जसमा कम सेवा–सुविधा मुख्य कारण देखिएको थियो । पछिल्लो समय युवापुस्तामा बढेको विदेशमोहले पनि सुरक्षा निकायको जागिरमा आकर्षण घटेको हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।