पर्सा । शैलेश गुप्ता । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा आज एक कार्यक्रमको बिच २ तले ८ कोठे नव निर्मित भवनको सम उद्धघाटन सम्पन भयको छ।
श्री राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अंतर्गत बाट ४ कोठे र पोखरिया नगरपालिका वडा नम्बर ४ को अनुदान बाट ४ कोठे गरी ८ कोठे भवनको पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले माता सरस्वतीको पूजा गरी रिबन काटी उद्धघाटन गरेको सोही विधालयका प्रधानाध्यापक रामबाबू प्रसाद चौहानले बताए ।
पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भयको भवन उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन
प्रसाद चौहान , विशिष्ठ अतिथि नगर उप प्रमुख रूबी कुमारी ठाकुर, वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाई , पोखरिया नगरपालिका शिक्षा शाखा प्रमुख बाल्मिकी रौनियार, शिक्षा सहायक बिनोद प्रसाद चौहान , आर्थिक शाखा प्रमुख विजय कुमार झा , संकर प्रसाद रौनियार, लालबाबू प्रसाद चौहान , बिजली साह कानु ,गनी अंसारी, कौशल साह गोड़, बृजेश दुबेदी विधालयमा अध्यनरत छात्र छात्रहरु अभिभावक , सञ्चार कर्मी लगाएतकाहरुको उपस्थिति रहेको थियो ।
पोखरियाको मेयर चौहान द्वारा नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियाको नव निर्मित ८ कोठे भवनको उद्धघाटन सम्पन ।