वीरगञ्ज । वीरगञ्जमा बिना भन्सार पर्साको ग्रामीण भेग तथा वीरगञ्ज महानगरपालिकामा पनि प्रयोग हुँदै आएको एउटा भारतीय नम्बर प्लेटको एम्बुलेन्सलाई पर्सा प्रहरीले नियन्त्रण लिएको छ। bप्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ तराई अस्पताल अगाडिको सडकखण्डबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
बीआर १ एपी ५२९१ नम्बरको बोलेरो एम्बुलेन्सको स्वरुप परिवर्तन गरी स्कार्पियो गाडीको पार्टसहरू लगाएको तथा बिना भन्सार चलाइएकोले नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए।
यस्तै, एम्बुलेन्सका चालक भारत बिहार पूर्वी चम्पारणका वर्ष ३० का महमद नेजामुदिनलाई पनि नियन्त्रणमा लिई एम्बुलेन्ससहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको थापाले बताए।