वीरगञ्ज। अबैध रुपमा लयाइएको कुखुराको चल्ला सशस्त्र प्रहरी बल ले बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका वडा नं ३२ टेढा रामबन सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्सा बाट खटिएको टोलिले कुखुरा फार्ममा अबैध रुपमा लुकाई छिपाई राखेको अन्दाजि ५,००,०००।-बराबरको ७६ कार्टुन ( ७,६०० ओटा )प्रतिबन्धित बोईलक कुखुराको चल्ला बरामद गरेको छ।
उक्त बरामद बोईलक कुखुराको चल्ला नेपाल प्रहरी,पशु क्वारेनटाईन ,स्थानिय पत्रकार ,स्थानिय भद्र भलादमिको रोहवरमा खाल्टो खनि नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका प्रवक्ता तथा सुचना अधिकारी संगम श्रेष्ठले जानकारी दिए।