• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रूख कटानका लागि वनले स्वीकृति नदिँदा फास्ट ट्रयाक निर्माण प्रभावित

  • वीरगंज संजाल
  • १ पुष २०८०, आईतवार ११:३२
  • २३३३

    वन तथा वातावरण मन्त्रालयले रूख कटानको स्वीकृति दिन ढिलाइ गर्दा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण प्रभावित बनेको छ । सेनाका अनुसार मकवानपुरस्थित बुदुनेको प्याकेज नं. ६, ७ र बारास्थित निजगढको प्याकेज नं. ५ र ६ मा २७ हजार ७०० रूख कटान गर्नुपर्नेछ । सेनाले स्वीकृतिका लागि पत्र ६ महिनाअघि नै पत्र पठाए पनि मन्त्रालयले अहिलेसम्म स्वीकृति नदिएको हो ।

    सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, ‘फास्ट ट्रयाक निर्माणका क्रममा केही प्याकेजमा पुनः रुख कटानी गर्नुपर्ने भयो । यसका लागि सम्बन्धित मन्त्रालयको स्वीकृति लिनुपर्छ । सेनाले स्वीकृति लिन ६ महिनाअघि नै सम्बन्धित मन्त्रालयमा पत्र पठाएको हो । तर, हालसम्म स्वीकृति प्राप्त भएको अवस्था छैन । सायद प्रक्रियामै होला ।’

    फास्ट ट्रयाक निर्माणका क्रममा केही प्याकेजमा पुनः रूख कटानी गर्नुपर्ने भयो । यसका लागि सम्बन्धित मन्त्रालयको स्वीकृति लिनुपर्छ । सेनाले स्वीकृति लिन ६ महिनाअघि नै सम्बन्धित मन्त्रालयमा पत्र पठाएको हो । तर, हालसम्म स्वीकृति प्राप्त भएको अवस्था छैन । सायद प्रक्रियामै होला ।

    सेनाका अनुसार रुख कटानी गर्नुपर्ने चारवटै प्याकेजको ठेक्का लागिसकेको छ । तर, रुख कटानी हुन नसक्दा ठेकेदार कम्पनीले काम गर्न सकिरहेको छैन । फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) अनुसार बुदुनेको ४५ किलोमिटर सडक खण्डमा ‘इन्टरचेन्ज’ बनाइँदै छ । जहाँ यात्रुका लागि थकान कक्ष बन्नेछ । यात्रुले उक्त कक्षमा केहीबेर आराम गर्न सक्नेछन् । फास्ट ट्रयाकलाई पृष्ठभूमि बनाएर फोटो खिच्न सक्नेछन् । त्यस्तै, निजगढको प्याकेज नं. ५ मा पनि ‘इन्टरचेन्ज’ बनाइँदै छ । जहाँ सवारीसाधनको लागि अन्तर्राष्ट्रियस्तरको ‘टर्निङ पोइन्ट’ बनाइँदै छ । वातावरणीय प्रभाव मूल्यांकन(इआइए) गर्नुपर्ने र प्रक्रिया केही लामो भएको हुँदा मन्त्रालयले स्वीकृति दिन ढिला गरेको हुन सक्ने सेनाको ठम्याइ छ ।

    सेनाले फास्ट ट्रयाकलाई १३ प्याकेजमा विभाजन गरेर निर्माण कार्य अघि बढाइरहेको छ । जसमध्ये ७ वटा प्याकेजको ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बाँकी एउटा प्याकेजको ठेक्का भने सुरु नै भएको छैन । उक्त प्याकेज ललितपुरको खोकना क्षेत्रमा पर्छ । जग्गा अधिग्रहण विवाद सल्टिन नसक्दा उक्त प्याकेजको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको हो ।

    सेनाका अनुसार उक्त क्षेत्रको ४ सय ६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ । विवाद समाधानका लागि सरकारले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गत वैशाखमै समिति गठन गरेको थियो । तर, समितिले विवाद अझै समाधान गर्न सकेको छैन ।

    २१ वैशाख ०७४ यता सेनाले निर्माण गर्दै आएको फास्ट ट्रयाकको कुल लम्बाइ ७०.९७७ किमि छ । १ भदौ ०७६ मा डिपिआर स्वीकृत भएको फास्ट ट्रयाकको पहिलो कार्यतालिकाअनुसार ०८१ को चैतसम्म निर्माण सक्ने सम्झौता भएको थियो । तर, डिपिआरमा विवाद, सुरुङ तथा पुल निर्माणमा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिमा ढिलाइलगायतका कारण निर्माणले गति लिएन । विवादकै कारण करिब दुई वर्ष सेनाले डिपिआरविना नै काम गर्‍यो । १ भदौ ०७६ मा कोरियन कम्पनीले बनाएको डिपिआर स्वीकृत भयो । त्यसपछि मात्रै सेनाले डिपिआरअनुसार काम गर्देै आएको छ ।

    गत ५ वैशाखमा दुई वर्ष थप भएर ०८३ को चैतसम्म सक्ने भनिएको छ । हालसम्मको ६ वर्षको अवधिमा सम्पूर्ण ठेक्काको २७.१९ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । अब फास्ट ट्रयाकको ७२.८१ प्रतिशत काम गर्न बाँकी छ जुन अत्यन्तै जटिल प्रकृतिको छ । तर, सेनासँग काम गर्ने अवधि करिब तीन वर्ष मात्रै छ । यस क्रममा लागत रकम पनि बढेको छ । फास्ट ट्रयाकको डिपिआर(डिटेल प्रोजेक्ट रिपोर्ट) पनि संशोधन गरिएको छ  । संशोधित नयाँ डिपिआरअनुसार फास्ट ट्रयाकको कुल लम्बाइ ७०.९७७ किमि निर्धारण गरिएको हो । सेनाले संशोधित डिपिआर गत ३० साउनमा मात्रै स्वीकृत गरेको थियो । नयाँ डिपिआरअनुसार फास्ट ट्रयाकको कुल लागत रकम दुई खर्ब ११ अर्ब ९३ करोड पुर्‍याइएको छ ।

    निर्धारित अवधिभित्र काम सक्न सेनाले प्रत्येक वर्ष २४.२७ प्रतिशत भौतिक प्रगति गर्नैपर्ने हुन्छ । ६ वर्षयताको कार्य प्रगति विवरण विश्लेषण गर्दा सेनाले प्रतिवर्ष ५ प्रतिशत मात्रै काम सम्पन्न गर्न सकेको छ । यही रफ्तारमा काम अघि बढे थप गरिएको नयाँ मितिमा पनि निर्माण कार्य सक्न गाह्रो हुने देखिएको छ । तर, निर्माणमा संलग्न सैनिक अधिकारी भने फास्ट ट्रयाक निर्धारित समयभित्रै सक्ने दाबी गर्दै आएका छन् ।

    २१ प्रतिशतले बढ्यो लागत
    फास्ट ट्रयाकको कुल लम्बाइ घटेको छ । तर, लागत रकम झन्डै २१ प्रतिशतले बढ्न पुगेको छ । निर्धारित समयमा काम भएको भए एक खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ लागतमै सम्पन्न हुने थियो । जुन वेला फास्ट ट्रयाकको कुल लम्बाइ ७२.५ किमि थियो । नयाँ डिपिआरअनुसार लम्बाइ घटेर ७०.९७७ किमिमा झरेको छ, तर लागत भने २०.९५ प्रतिशतले बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको छ ।

    सांसदको सार्वजनिक लेखा समितिले सुरुङमार्ग र विशेष प्रकृतिको पुल निर्माण ठेक्का सम्झौतामा अनियमिता भएको आशंका गर्दै पटक–पटक ठेक्का रद्द गर्न सेनालाई भनेको थियो । तर, सेनाले समितिको निर्देशन बेवास्ता गर्दै फेज–१ को ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र फेज–२ को पोली चंदा इन्जिनियरिङलाई दिएको थियो । सेनाका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम सुरु गरिसकेका छन् ।

    यस अवधिमा ठेकेदार कम्पनीले २.६६७ किमि सुरुङ खनेको छ । जुन कुल सुरुङमार्गको २६.५२ प्रतिशत प्रगति हो । फास्ट ट्रयाकका लागि कुल सुरुङमार्ग १०.०५५ किमि खन्नुपर्नेछ । सेनाका अनुसार प्याकेज–१ अन्तर्गत हालसम्म १.३८७ किमि सुरुङ खनिएको छ भने प्याकेज–२ अन्तर्गत ६१९ मिटर र ६६१ मिटर गरी कुल १.२८० किमि सुरुङ खनिएको छ ।

    ७०.९९७ किमि फास्ट ट्रयाकमध्ये ४८.०५७ किमि सडक खण्ड पर्छ । बाँकी २२.९४ किमि भने सुरुङ र पुल पर्छन् । जसका लागि कुल १०.०५५ किमिका दुई सुरुङमार्ग र कुल १२.८८५ किमिका ८९ पुल निर्माण गर्नुपर्छ । सेनाका अनुसार पुल निर्माणको काममा ५९.५६ प्रतिशत प्रगति भएको छ । सेनाले फास्ट ट्रयाक निर्माणमा ६ वर्षयता ४९ अर्ब २३ करोड रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको २८.११ प्रतिशत प्रगति हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑