ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो । तोलको अर्थ समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ यो चाड मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो चाडको… दिन मात्र फरक हुने गर्दछ ।
यो चाडमा घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहितबाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस् भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।