काठमाडौं । ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले १५ लाख ७७ हजार नगद, एनएमबी बैंकको पाँच लाखको चेक, २३ थान आईप्याड, १८ थान आईफोन ११, नौ थान एप्पल वाच, वायरलेस एयरफोन ६ थान, सामसुङका १५ थान मोवाइललगायत सामान बरामद गरेको छ । Onlinekhabar