

वीरगंज | इजरायलको संसद् (नेसेट) निर्वाचनमा एक चौथाइभन्दा बढी मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी अग्रस्थानमा देखिएको छ ।
इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार १६ लाखभन्दा बढी मतगणना भइसकेको छ । स्थानीय समय अनुसार राति २:४७ मा अद्यावधिक गरिएको विवरणमा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको अलजजिराले उल्लेख गरेको छ ।



आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशत मतसहित दोस्रो स्थानमा छ ।
प्यालेस्टिनी–इजरायली संयुक्त सूची ८.२८ प्रतिशत मतसहित तेस्रो स्थानमा छ । नाफ्ताली बेनेटको पार्टीले ८.२२ प्रतिशत मत पाएको छ ।
इजरायलमा करिब ७३ लाख ३० हजार योग्य मतदातामध्ये ५६ लाख ९० हजारभन्दा बढीले मतदान गरेका छन् ।


