

वीरगन्ज । आकाश कुमार पटेल | प्रत्येक वर्ष झै बडादशै २०८३ को पुर्वसन्ध्यामा वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा शुक्रबार नि:शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ५.३० बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघर अगाडि स्व रामजनम तिवारी बाबाको सालिक परिसरमा नया पुराना गरि करिब ७ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि , बिशिस्ट अतिथि बैंकका सल्लाहकार नेपाल बार एसोसिएसन पर्साका पुर्व अध्यक्ष अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्याय,अतिथिहरु पर्सा बारका सदस्य अधिवक्ता आशुतोष तिवारी ,नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , युवा अभियन्ता सन्दीप अर्याल , बिरगंज का हाल इङल्याण्ड निवासी युवा श्रेयान अर्याल, बैंकका सदस्यहरु नवराज भट्टराई , शिव श्रेष्ठ ,सुरज श्रीवास्तव, सन्जु साह, कर्मचारी मिथलेश श्रीवास्तव लगायत सन्चारकर्मिहरुको बाक्लो सहभागिता रहेको थियो ।



सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले कोहि नाङ्गो नरहोस भनी मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेका छौ र बडादशै ,दिपावली,छठ लगायत को पर्वहरुमा असंख्य ब्यक्ती, परिवारहरुले नया लुगा लगाउन नपाएको दुख्द अवश्थामा केही नया र नया जस्तै कपडाहरु वितरण गरि सेवा गर्दै आउदैछौ र कोहि दानवीर दाताहरुले बैंक मार्फत सेवा गर्न चाहेमा हामी खुशी साथ हातेमालो गरि सेवा गर्न तैयार रहेको बताउदै हामी मध्ये सक्षम हुनेले आआफ्नो आसपास सक्दो सेवा गरौ र मानवता बलियो बनाऔ भनी आग्रह गरेका थिए ।
सो हि अवसरमा बैंकका संस्थापक सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले चाडपर्वको समयमा सबैको साथ सहयोग हातेमालोले दिनदुखी असहायको अनुहारमा हासो ल्याउन सक्दो सहयोग गर्न आग्रह गर्दै बैंकको सुकार्य जारी नै रहने छ साथै सहयोग गर्ने सम्पुर्ण लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
बैंकका सल्लाहकार अधिवक्ता उपाध्यायले समाजमा पिछडिएका को सेवा गर्ने बिषयमा हामी सबैले हातेमालो गर्न आवश्यकता रहेकोमा जोड दिदै बैंक ले निरन्तर रुपमा सेवा सहयोग गर्दै आएको र यो कार्य निरन्तर जारी राख्ने जनाउनु भयो ।
सो निशुल्क कपडा वितरण कार्यक्रममा बिरगंज ३ मालपोत टोल निवासी हाल इङ्ल्याण्ड निवासी युवा विद्यार्थी श्रेयान अर्यालले विनाशकारी बाढी आएपछि समाजसेवा गर्न नेपाल आएको र बिरगंज कपडा बैंकको निशुल्क कपडा वितरण कार्यक्रम बारे आफ्नो बुवा संग इङ्ल्याण्डमा एक वर्ष अगाडि देखि सुनेकोले यहाँ आएर प्रत्यक्ष सेवामा भाग लिन पाउँदा आफू निकै खुशी र गर्व लागेको बताउदै बैंक परिवारको खुलेर प्रसंशा गरेका थिए ।
सो कपडा वितरण हुँदै गर्दा लियो क्लब अफ काठमाडौ का अध्यक्ष सुसान्त सिंह ठकुरीले २ बोरा र बिरगंज ३ आदर्श टोल साईबाबा मन्दिर निवासी प्रमिला रौनियारले २ झोला कपडा सहयोग गरेका थिए । अध्यक्ष सिंहले चाडपर्वको समयमा अभावमा रहेका हरुको पीडा अझ बढने भएकोले बैंकले सक्दो सेवा गरि रहेको बताउदै मानवता बलियो बनाउने बैंकको सुअभियान एवं आजको कार्यक्रममा सहयोगि सम्पुर्ण दाता, सल्लाहकार , शुभेच्छुक ,सहभागी पदाधिकारी सदस्यजन , सन्चारकर्मिहरु प्रती आभार व्यक्त गरेका थिए ।


