• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असुरक्षित हुदई वीरगंज ,पर्सा प्रहरी असफल !

  • वीरगंज संजाल
  • १७ मंसिर २०८०, आईतवार १०:३३
  • १७८९

    वीरगन्ज । गएको कार्तिक १८ गते वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफ।एम।अगाडि मुख्य सडकमा पार्किङ गरि राखिएको ना ५० प ९३२९ नम्बरको सुजुकी कम्पनीको जिक्सर मोटरसाईकल बिहान ८ः३९ बजेको समयमा चोरी भयो । चोरी भएको मोटरसाईकल एफ.एमका सम्पादक निरज पिठाकोटे मगरको हो । उक्त दिन नारायणी एफ.एम.को १८ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

    रक्तदान कार्यक्रममा सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । एफ।एमका सबै कर्मचारी कार्यक्रममा व्यस्त रहेको बेलामा चोरी भएको घटना बिहान ११ः३० बजेतिर मात्रै थाहा भयो । तत्काल प्रहरीलाई खबर गरेपछि अपराध अनुसन्धानका प्रहरी कार्मचारीले सीसीटीभी क्यामेराको फुटेज हेरेर गए । प्रहरीले पनि विशेष अनुसन्धानका लागि प्रहरी खटिएको निरन्तर जानकारी दिई रहेको छ । तर, चोरीको घटना भएको एक महिना भएको छ । तर, अहिलेसम्म उक्त मोटरसाईकल प्रहरीले फेला पार्न सकेको छैन ।

    त्यसअघि पनि सञ्चारकर्मी मनोज पटेलको सुपर स्प्लेण्डर मोटरसाईकल घण्टाघरबाटै चोरी भएको थियो । उहाँको मोटरसाईकल पाँच दिनपछि फेला पर्‍यो । त्यहि घटनालाई आधार मानेर प्रहरीले मोटरसाईकल फेला पर्ने आश्वासन दिईरह्यो । प्रहरीसँग निरन्तर सम्पर्कमै रहेपनि प्रहरीले मोटरसाईकल खोजी भईरहेको बाहेक अन्य उपलब्धी दिन सकेको छैन । सुजुकी जिक्सर मोटरसाईकल चोरी गर्ने व्यक्तिले रक्सोल लिएर गएको र त्यहाँबाट फेरी मोटरसाईकल मकवानपुरतिर लिएर गएको सूचना प्राप्त भएको भन्नेसम्मको सूचना प्रहरीले दिएको छ । तर, घटनाको एकमहिनामा पनि चोर पत्ता लगाउन सकेको छैन ।

    ५ दिन अघि मात्रै फेरी अर्का सञ्चारकर्मी कृष्णा श्रीवास्तवको यामाहाको एफजेड मोटरसाईकल घण्टाघरबाटै चोरी भयो । उहाँको मोटरसाईकल चोरी भएको सीसीटीभी क्यामेरामा देखिएको छ । मुख्य सडकबाटै चोरले मोटरसाईकल चढेर गएका छन् । उहाँको पनि अहिलेसम्म मोटरसाईकल फेला पार्न सकेको छैन । चोरीको घट्नाको विषयमा प्रहरीको तल्लो तहदेखि जिल्लाका उच्च तहसम्मका सुरक्षा अधिकारीहरुलाई समेत सबै जानकारी छ । तर, खोजी भईरहेको छ भन्ने बाहेकको जवाफ पाईएको छैन ।

    अपराध नियन्त्रण र सुरक्षा व्यावस्थालाई सहज बनाउन महानगरपालिका भित्र सीसीटीभी क्यामेरा जडान गरेर त्यसको निगरानी जिल्ला प्रहरी कार्यालबाटै हुने गरेको छ । महानगरपालिकामा वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाको सहयोगमा ८९ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । त्यसमध्य अहिले ६० वटा सीसीटीभी क्यामेर चालू अवस्थामा छन् । तर, अपराधिक घटना हुन सक्ने सम्भावित साना गल्लीहरुमा भने सीसीटीभीको पहुँच छैन ।

    सीसीटीभी जडानमा सहयोग गर्ने दाताहरुले पनि यस्ता सानातिना चोरीका घटनामा खासै चासो र चिन्ता देखाएको पाईएको छैन । ठूलै अपराधको घटना भएमा मात्रै उनीहरुलाई पनि चिन्ता र तनाव हुने होला भन्ने नागरिकले बुझ्न थालेका छन् । राज्यले प्रहरी प्रशासनलाई शान्ति सुरक्षा र अमन चयन कायम राख्ने जिम्मेवारी दिएको छ । अपराध शुन्य समाज हुदैन त्यसैले प्रहरी प्रशासनको आवश्यकता हुन्छ ।

    तर, पछिल्लो समयमा पर्सामा मोटरसाईकल चोरीका घटना दिनहुँ बढ्दै जाँदा पनि प्रहरीले त्यसलाई नियन्त्रण गर्न सकिरहेको छैन । सीसीटीभीको निगरानीमा रहेको वीरगन्ज महानगरपालिकाको मुख्य सडकहरुबाटै मोटरसाईकल चोरीका घटनाहरु बढेका छन् । तर, प्रहरीले मोटरसाईकल चोरी गर्नेहरुलाई पक्राउ गरेर कारवाही गर्न सकिरहेको छैन । एक महिनाको अन्तरालमा वीरगन्जका मुख्य सडकहरुबाटै मोटरसाईकल चोरी भएका छन् ।

    अपराध नियन्त्रणमा सहयोग हुने सीसीटीभी क्यामेराले पनि चोरी भएको देखिने बाहेक तत्काल चोरलाई चोरी गर्दैगर्दा पक्राउ गर्न सक्ने खालको संयन्त्र जिल्ला प्रहरी कार्यालयमा छैन भन्ने कुरा मुख्य सडकमा भएका मोटरसाईकल चोरीका घटनाले पुष्टि गरेको छ । चोरी भएको उजुरी लिएर जानेहरुलाई प्रहरीले ‘अनुहार नै चिनिदैन कसरी समाउने ? अर्को मोटरसाईक किनिहाल्नु’ भन्ने ओठे जवाफ दिने गरेको पीडितहरु बताउछन् ।

    सञ्चारकर्मीहरुकै मोटरसाईकल लगातार चोरी हुन थालेपछि नागरिकले थप असुरक्षित महशुस गरेका छन् । चोरीको घटना सामाजिक सञ्जालमा राख्दा पत्रकारको पनि मोटरसाईकल चोरी हुनथालेपछि आम नागरिकको के सुरक्षित रहलाँ भन्ने प्रश्नहरु गरेका छन् । कतिपयले प्रहरीसँगको मिलेमतो नभई यस्तो हुन नसक्ने समेत दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑