पर्सा । पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजले दाइजोरूपी दानव विरुद्ध “दहेज बहिस्कार” अभियानको प्रारम्भ गरेको छ!
मिति २०८०/०८/१५ गते बसेको युवा समाजको औपचारिक बैठकले मधेशी समुदायमा जल्दोबल्दो समस्याको रूपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नमा आजको युवा पिढीको विशेष भूमिका हुनसक्ने भएकोले दहेज बहिस्कार अभियान सञ्चालन गर्न निर्णय गरिएको बताइएको छ!!
समाजमा विकराल रूप लिँदै गएको दाइजोको कारण कैयौँ छोरीहरूलाई जिउँदै जलाईएको छ भने कतिपै छोरीहरू दिनहुँ ससुराल पट्टीको अमानविय व्यवहार खेप्दै आएकी छिन्! आफ्नो छोरीलाई दाइजोको चपेटा बाट जोगाउनका निम्ति कैयौँ परिवारले विदेशमै जीवन बिताउँदैछन् भने कतिपै आमाले आफू नचाहिँदा पनि छोरीलाई गर्भमै मार्न बाध्य भएकी कारण आफूहरु यो अभियान चलाउने निर्णय गरेको युवा समाजको भनाइ रहेको छ!
“दाइजो बहिस्कार” अभियानमा दाइजो बिना विवाह गर्ने व्यक्तिलाई कालिकामाई युवा समाज ले विशेष उपहारकासाथ ठूलो सभामा समानीत गर्ने र स्थानिय सरोकारवालाहरुसंग सहकार्य गरी दाइजो प्रथा विरुद्ध सडक नाटकजस्ता जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भनिएको युवा समाजको विज्ञप्तिमा युवा समाजको अध्यक्ष आकाश चौरसियाको हस्ताक्षर गरिएकोछ!
कालिकामाई युवा समाजको बसेको औपचारिक बैठकमा युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतो केवट,उपाध्यक्ष भरत साह,महा सचिव बिशाल कुशवाहा,सचिव विकाश पटेल,संस्थापक सदस्यहरु चन्द्रशेखर पटेल,साबिर आलम,मोहन महतो,रमेश चौरसिया,दिपेन्द्र गुप्ता, सहजाद आलम लगायतका युवाहरुको सहभागिता रहेको युवा समाजको कोषाध्यक्ष बुलेट तिवारी जानकारी दिनुभयो!