• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मन्दीमाथि तस्करीको मार

  • वीरगंज संजाल
  • १५ मंसिर २०८०, शुक्रबार १२:१०
  • १२१७

    वीरगञ्ज । बढी राजस्व उठाउन करदातालाई कस्ने सरकारको नीति र अनधिकृत आयातले वैध व्यापारमा ताला लाग्ने अवस्था आएको उद्यमीहरूले बताएका छन् । भन्सार, आन्तरिक राजस्व, राजस्व अनुसन्धानजस्ता सरकारी निकायको पेलाइ र सीमावर्ती क्षेत्रमा फस्टाएको अनधिकृत आयातले उद्योग व्यापार दोहोरो मारमा परेको वीरगञ्जका युवा उद्यमीले बताएका हुन् । कोरोना महामारीयता व्यापारमा छाएको मन्दी र त्यसमाथि भारतसँगको खुला सिमानाबाट भइरहेको अवैध आयातले उद्यम सङ्कटग्रस्त बनेको पनि उनीहरूले बताए । उद्योग व्यापारमा देखिएका यस्ता समस्यामा अलमलिनु परेकाले उद्यमीमा नवप्रवर्तनको सोच विस्तार हुन नसकेको नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले गुनासो गरे ।

    ‘अबको उद्यम परम्परागत तरिकाले चल्दैन । कुनै पनि व्यापार व्यवसायमा नवप्रवर्तन आवश्यक छ । तर, नीतिगत र नियतगत समस्याका कारण उद्यमीले नयाँ सोच र शैलीलाई भित्र्याउन नसकेको अवस्था छ,’ अध्यक्ष अग्रवालले भने । सरकारले साधारण खर्च पुर्‍याउनकै लागि करदातालाई कस्ने काम गरेको र कर प्रशासनका कर्मचारीको गलत प्रवृत्तिका कारण उद्यम व्यापार समस्याग्रस्त बनेको युवा उद्यमी मञ्चका निवर्तमान अध्यक्ष राकेश साहले बताए । भारतसँगको खुला सिमानाको दुरुपयोग गरी अवैध आयात र अनुगमनका नाममा पटकपटक अनधिकृत आय पाउने भएपछि प्रहरी प्रशासन र कर्मचारीको मिलेमतोमै यस्तो धन्धा चलेको उद्यमीहरूले बताए ।

    अवैध आयातका कारण वैध व्यवसायीको सटरमा धमाधम ताला लाग्ने क्रम बढेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । कोरोना महामारीयता यो समस्या झन् चर्किएको अनुभव व्यवसायी विकास ठाकुरको छ । ‘कोरोना महामारीले निम्त्याएको मन्दीले थलिएको व्यापारलाई अवैध आयातले झन् संकटमा पार्‍यो,’ उनले भने । सरकारले ल्याएका नीति र नियममा बसेर काम गर्ने व्यवसायीले दु:ख पाउने, तर अवैध कारोबार गर्नेले सहज रूपमा ‘धन्धा चलाउने’ अवस्था आएको ढुवानी व्यवसायी हितेश जोशीले बताए ।‘राजस्व अनुसन्धानको भीसीटीएसमा अनलाइन गरेर पठाएको मालसामान प्रहरीले समात्छन् । त्यस्तो सामानमा कुनैकुनै कैफियत पनि देखिँदैन । अवैध कारोबारीले बसमा पठाएमा सामान निर्बाध रूपमा गइरहेको छ,’ उनले भने । आयातित वस्तुमा बढी राजस्व लिने नीतिका कारण नेपालका उपभोक्ताले सीमावर्ती भारतीय बजारबाट सामान किन्ने प्रवृत्ति बढेको व्यवसायी सुरज रुंगटाले बताए । ‘त्यस्ता वस्तुमा कम भन्सार महसुल लिएर स्वदेशी बजारमै सस्तो पाइने नीति बनाउनुपर्छ । यसो भएमा अवैध आयातको समस्या पनि समाधान हुन्छ । सरकारको राजस्व बढ्छ,’ रुंगटाको सुझाव छ ।

    सरकारले ल्याएका अव्यवहारिक ऐन नियमकै कारण उद्यममा इन्नोभेशन विकास हुन नसकेको दाबी युवा उद्यमी आशु सर्राफले गरे । अर्थतन्त्रलाई व्यापक रूपमा विस्तार गर्न इन्नोभेशनको खाँचो रहे पनि त्यसलाई प्रवर्द्धन गर्न सरकारी नीति र नियत नै बाधक देखिएको महासङ्घ मधेस प्रदेशका स्टार्टअप तथा इनोभेसन समितिका अध्यक्ष अनुप अग्रवालले बताए । भारत र चीनजस्ता ठूला अर्थतन्त्र र भारतसँगको खुला सिमानाका समस्याका कारण नेपालमा परम्परागत उद्योग र व्यापार प्रतिस्पर्धी हुनै नसक्ने नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले दाबी गरे । ‘अब हामीले परम्परागत तरिकाले बाहिरबाट सामान ल्याएर यहाँ उत्पादन गर्छौँ भनेर सफल हुन सकिँदैन । पर्यटनजस्तो मौलिक सम्भावनामा केन्द्रित हुनुपर्छ,’ नेपाल विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तव्यको सूचीमा परे पनि अत्यन्तै कम पर्यटक भित्र्याउन सकिएको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑