
वीरगंज | पर्साको धोबीनी गाउँपालिका–३ हरिहरपुरमा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दिपक पटेलले स्थानीय मन्दिरलाई सहयोग गरेका छन्।
पटेलले मन्दिरमा आवश्यक पर्ने १ थान चुलो र १ थान ग्यास सिलिन्डर सहयोग गरेका हुन्। उक्त सामग्री बलिराम साधुलाई हस्तान्तरण गरिएको जनाइएको छ।
मन्दिरमा धार्मिक तथा सामाजिक गतिविधिका क्रममा खाना पकाउन आवश्यक पर्ने सामग्रीको अभावलाई ध्यानमा राख्दै सहयोग गरिएको पटेलको भनाइ छ।
सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीयवासी तथा मन्दिरसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले मन्दिरका लागि आवश्यक सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए।
पटेलले आगामी दिनमा पनि आफ्नो क्षेत्रका सामाजिक तथा सामुदायिक आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने बताएका छन ।