बारा | पछिल्लो समय जनप्रतिनिधिहरूले आफैं अप्रत्यक्ष रुपमा नगरका पूर्वाधार विकासमा संलग्न रहेर मुनाफा आर्जन गर्दै आएका छन् । बाराको कोहल्बी नगरपालिकाका प्रमुख भरत भण्डारीले निर्वाचनअघि भण्डारी सप्लार्यसमार्फत निर्माणलगायतका ठेक्का गर्दै आएका थिए । आफू निर्वाचित भइसकेपछि उनले आफन्तमार्फत् नगर विकासको काममा हुने मुनाफामा सहभागी हुने गरेका छन् ।
ठेकेदार कम्पनीले जथाभावी बाटो खन्ने र उपभोक्ताको काम प्राविधिकमार्फत कम मूल्यांकन गरेर समयावधी लम्ब्याउने गरेकाले आफूहरु संलग्न हुनुपरेको जनप्रतिनिधिहरुको दावी छ ।उपभोक्तता समितिको काममा प्राविधिकहरुले कम मूल्यांकन गरेपछि मेयर भण्डारीका भान्जा सुबोध कुबर र हरिवंश प्रसाइँले समितिबाट कामको जिम्मा लिएको स्थानीयहरुको भनाइ छ ।
आफ्ना निर्माण सामग्री भाडामा लैजाने गरेको स्वीकार्दै प्रमुख भण्डारीले वडाको विकास निर्माणमा आफन्तलाई सहभागी नगराएको जिकिर गरे । नगरप्रमुख भण्डारीले नगरमा हुने विकास निर्माणका काममा आफ्नै डोजर, लोडर ट्रिपर अनिवार्य प्रयोग गर्न दबाब दिने बताए । ४० लाख भन्दा माथिका विकास निर्माण नाम उपभोक्ता काम ठेकेदारले गर्ने गरेको बताउँदै जनप्रतिनिधि बलराम अधिकारीले मेयर आफूले ठेकेदार बनेर कमाउँछु भन्ने भावना त्यागेर पूरै नगर विकासमा लाग्न आग्रह गरेका छन् ।