• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कडा ८ रोगको निःशुल्क उपचार, कहाँ र कसरी पाइन्छ ?

  • वीरगंज संजाल
  • १३ मंसिर २०८०, बुधबार १७:४१
  • ११६९

    वीरगंज। सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको सहुलियतलाई प्रभावकारी बनाउन विपन्न नागरिक औषधि उपचार निर्देशिका, २०८० जारी गरेको छ ।

    ६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिक औषधि निर्देशिका, २०८० स्वीकृत गरेको हो ।

    १५ जेठमा प्रस्तुत चालु आर्थिक बर्षको बजेट वक्तव्यमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाका बीच दोहोरोपन नहुने गरी कार्यविधि बनाउने र स्वास्थ्यको सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो ।

    सरकारले कडा रोगको उपचार खर्च स्वास्थ्य बीमामार्फत ब्यहोर्दै आएको थियो । तर, पुनः स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गर्दै कडा रोगको उपचार खर्चको कार्यक्रम विपन्न कार्यक्रम अन्तर्गत नै ल्याएको हो ।

    निर्देशिकामा कडा रोगमा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियालाई समेटिएको छ ।

    निर्देशिकाअनुसार यी रोग भएका बिरामीको उपचारमा वडा कार्यलयको सिफारिसका आधारमा सरकारले सहुलियत रकम प्रदान गर्नेछ । तर, कडा रोग भएका बिरामीले उपचार गराउँदा सरकारले तोकेकै अस्पतालमा गराउनुपर्नेछ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा बढी ४ लाख रुपैयाँ सहुलियत प्रदान गर्नेछ ।

    यसैगरी, हप्ताको बढीमा दुई पटक हेमोडाइलाइसिस र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा प्रति सेसन २५००, अंग दाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रतिसेसन हेमोडाइलाइसिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलाइसिसमा प्रति प्याकेज ५ सय १ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिका छ ।

    एक्युट किड्नी इन्जुरी, एक्युट गुल्मेरुलो नेफ्राइटिस र नेफ्रोटिक सिन्ड्रोम भएका र मिर्गौला प्रत्यारोपण पश्चात औषधी सेवन गरिरहेका बिरामीले १ लाख रुपैयाँ सहुलियत पाउनेछन् ।

    विपन्न नागरिक औषधी उपचार निर्देशिका, २०८० अनुसार विभिन्न प्रकारका मुटु रोग, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउनेछन् ।

    कुनै एक रोगको औषधि उपचार सहुलियत प्राप्त गरिसकेपछि पुनः सोही रोगका लागि औषधि उपचार सहुलियत सुविधा लिन पाउँदैनन् । तर, कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत भने पाउने छ ।

    कसरी लिने ?

    विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई विपन्न हो भनी सिफारिस लिनुपर्नेछ ।

    सिफारिस, चिकित्सकको पे्रस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्नेछ ।

    निवेदन तथा आवश्यक कागजात प्राप्त भए पश्चात सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी बिरामीको पारिवारिक आर्थिक अवस्थासमेत हेरी औषधि उपचार सहुलियत उपलब्ध गराउन अस्पताललाई सिफारिस गर्नेछ ।

    गरिब घरपरिवार परिचय पत्र भएका बिरामीहरुका लागि विपन्नताको सिफारिस आवश्यक पर्ने छैन ।

    कुन अस्पतालमा कुन रोगको उपचार ?

    सरकारले क्यान्सर रोगका लागि ३०, मुटु रोगका लागि २५, हेड इन्जुरीका लागि ३२, स्पाइनल इन्जुरीका लागि ३३, पार्किन्सस र अल्जाइमर्सका लागि १३, सिकलसेल एनिमियाका लागि १३, मिर्गौला प्रत्यारोपणका लागि ५ र हेमोडायलासिसका लागि ८४ वटा सरकारी, निजी, सामुदायिक स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिने तोकेको छ ।

    क्यान्सर रोगमा पाइने सहुलियतमा क्यान्सर सम्बन्धी शल्यक्रिया, कमोथेरापी, रेडियोथेरापी, औषधिजन्य साम्रगी, शैया तथा प्रयोगशाला शुल्क पर्छन् । मुटुरोगमा भने शल्यक्रिया, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्न, एब्लेसन गर्न, मुटुको भल्व पूर्णरुपमा क्षति भएका र मुटु फेल भएका उपचारका लागि दिइने छ ।

    यस्तै, मिर्गौला रोगमा हेमोडाइलासिस तथा औषधि उपचार शुल्क, प्रयोगशाला शुल्क साथै प्रत्यारोपण गर्न नमिल्ने बिरामीलाई औषधि उपचार शुल्क, मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवनका लागि सहुलियत पाउँछन् ।

    यस्तै, पार्किन्सन्स र अल्जाइमरका उपचार सेवा, औषधि, औषधिजन्य सामग्री, शय्या तथा प्रयोगशाला सेवा शुल्कमा सहुलियत पाउँछन् । स्पाइनल इन्जुरी र हेड इन्जुरीमा भएका बिरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा, शय्या शुल्क तथा पुनस्र्थापना सेवाका लागि समेत सहुलियत पाइन्छ ।

    यस्तैगरी, सिकलसेल एनिमिया रोग लागेका बिरामीले शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, प्रयोगशाला सेवा, शय्या शुल्कमा सहुलियत पाउँछन् ।

    सरकारले पछिल्लो समय मिर्गौला रोगबाट पीडित भएकाहरुलाई हप्तामा दुई पटक निःशुल्क डायलासिस सुविधा दिँदै आएको छ । दुवै मिर्गौला फेल भएका बिरामीले तोकिएको कुनै पनि अस्पतालबाट आजीवन यो सुविधा उपभोग गर्न सक्नेछन् ।

    क्यान्सर उपचार हुने स्वास्थ्य संस्था

    १. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    २. कोशी अस्पताल, विराटनगर
    ३. विराटनगर अस्पताल प्रालि, विराटनगर
    ४. पूर्वाञ्चल क्याक्सर अस्पताल, बिर्तामोड
    ५. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
    ६. परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, काठमाडौं
    ७. निजामती कर्मचारी अस्पताल, काठमाडौं
    ८. कान्ति बाल अस्पताल, काठमाडौं
    ९. मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं
    १०. बीपी कोइराला मेमेरियल क्यान्सर अस्पताल, भरतपुर
    ११. नेपाल मेडिकल कलेज, जोरपाटी
    १२. चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन
    १३. भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
    १४. धुलिखेल अस्पताल, काभ्रेपलाचोक
    १५. बीएण्डबी अस्पताल, ग्वार्को
    १६. क्यान्सर केयर नेपाल, जाउलाखेल
    १७. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
    १८. नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि
    १९. काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुर
    २०. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल, काठमाडौं
    २१. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल, ललितपुर
    २२. भरतपुर हस्टिपल, भरतपुर, चितवन
    २३. नेशनल सिटी हस्पिटल, भरपुर, चितवन
    २४. भरतपुर सेन्ट्रल हस्पिटल प्रालि, चितवन
    २५. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
    २६. काठमाडौं मोडेल अस्पताल, प्रदर्शनीमार्ग, काठमाडौं
    २७. गण्डकी मेडिकल कलेज, पोखरा
    २८. मणिपाल शिक्षण अस्पताल, पोखरा
    २९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
    ३०.कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

    मुटु रोगका लागि उपचार हुने स्वास्थ्य संस्था

    १.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    २.विराटनगर अस्पताल प्रालि, मोरङ
    ३.नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, मोरङ
    ४.न्यूरो कार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
    ५.वीरगञ्ज हेल्थ केयर हस्पिटल, वीरगञ्ज
    ६. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
    ७. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
    ८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
    ९. शहीद गंगालाल राष्ट्रिय हदृय केन्द्र, काठमाडौं
    १०. मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं
    ११. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
    १२. चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन
    १३. कलेज अफ मेडिकल साइन्सेस, भरपुर
    १४. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
    १५. बयोधा हस्पिटल प्रालि, बल्खु
    १६. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुर
    १७. भरतपुर हस्पिटल, चितवन
    १८. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
    १९. हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी प्रालि, चावहिल, काठमाडौं
    २०. मणिपाल शिक्षण अस्पताल, पोखरा
    २१. चरक मेमोरियल हस्पिटल, पोखरा
    २२. भेरी अस्पताल, बाँके
    २३. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रुपन्देही
    २४. क्रिमसन अस्पताल, रुपन्देही
    २५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

    हेड इन्जुरीको उपचार हुने स्वास्थ्य संस्था

    १. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
    २. विराटनगर अस्पताल प्रालि, विराटनगर
    ३. गोल्डेन अस्पताल प्रालि, मोरङ
    ४. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
    ५. न्यूरो कार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
    ६. बीएण्ड मेडिकल कलेज शिक्षण हस्पिटल, झापा
    ७. वीरगञ्ज हेल्थ केयर हस्पिटल, विरगञ्ज
    ८. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
    ९. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
    १०. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
    ११. चितवन मेडिकल केलज शिक्षण अस्पताल, चितवन
    १२. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
    १३. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
    १४. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
    १५. सुमेरु सामुदायिक हस्पिटल, धापाखेल
    १६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
    १७. ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौं
    १८. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुर
    १९. अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, काठमाडौं
    २०. भरतपुर हस्पिटल, चितवन
    २१. भरतपुर सेन्ट्रल हस्पिटल प्रालि
    २२. चुरेहिल हस्पिटल प्रालि, हेटौडा
    २३. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
    २४.उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस प्रालि, बाँसबारी
    २५. गण्डकी मेडिकल कलेज, पोखरा
    २६. मणिपाल शिक्षण अस्पताल, पोखरा
    २७. चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा
    २८. भेरी अस्पताल, बाँके
    २९. क्रिमसन अस्पताल, रुपन्देही
    ३०. नेपालगञ्ज मेडिकल कलेज, बाँके
    ३१. प्रादेशिक अस्पताल, वीरेन्द्रनगर, सुर्खेत
    ३२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

    स्पाइनल इन्जुरी उपचार हुने अस्पताल

    १. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
    २. विराटनगर अस्पताल प्रालि, विराटनगर
    ३. गोल्डेन अस्पताल प्रालि, मोरङ
    ४. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
    ५. न्यूरोकार्डियो मेल्टिस्पेसियालिटी हस्पिटल, विराटनगर
    ६. बीएण्ड मेडिकल कलेज शिक्षण हस्पिटल, झापा
    ७. वीरगञ्ज हेल्थ केयर हस्पिटल, वीरगञ्ज
    ८. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
    ९. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
    १०. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललिपुर
    ११. चितवन मेडिकल केलज शिक्षण अस्पताल, चितवन
    १२. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
    १३. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
    १४. वीरेन्द्र सैनिक अस्पताल, छाउनी
    १५. सुमेरु सामुदायिक हस्पिटल, धापाखेल
    १६. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
    १७. ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौं
    १८. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल
    १९. अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, काठमाडौं
    २०. भरतपुर हस्पिटल, चितवन
    २१. भरतपुर सेन्ट्रल हस्पिटल प्रालि
    २२. चुरेहिल हस्पिटल प्रालि, हेटौडा
    २३. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैंसेपाटी, ललितपुर
    २४. उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस प्रा.लि, बाँसबारी
    २५. गण्डकी मेडिकल कलेज, पोखरा
    २६. मणिपाल शिक्षण अस्पताल, पोखरा
    २७. चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा
    २८. भेरी अस्पताल, बाँके
    २९. त्रिमसन अस्पताल, रुपन्देही
    ३०. नेपालगञ्ज मेडिकल कलेज, बाँके
    ३१. प्रादेशिक अस्पताल, सुर्खेत
    ३२. नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी
    ३३. स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र, काभ्रेपलाञ्चोक

    पार्किन्सन्स र अल्जाइमर्स रोगको उपचार हुने स्वास्थ्य संस्था

    १. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
    २. विराटनगर अस्पताल प्रालि, विराटनगर
    ३. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, मोरङ
    ४. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) काठमाडौं
    ५. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
    ६. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललिपुर
    ७. चितवन मेडिकल केलज शिक्षण अस्पताल, चितवन
    ८. कलेज अफ मेडिकल साइन्सेस ,भरतपुर
    ९. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
    १०. सुमेरु सामुदायिक हस्पिटल, धापाखेल
    ११. अन्नपूर्ण न्युरोलोजिकल इन्ष्टिच्युट एण्ड अलाइड साइन्सेस, काठमाडौं
    १२. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैंसेपाटी, ललितपुर
    १३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

    सिकलसेल एनिमियाको उपचार हुने स्वास्थ्य संस्था

    १. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
    २. निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
    ३. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
    ४. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैसेपाटी, ललितपुर
    ५. जिल्ला अस्पताल, नवलपरासी
    ६. भेरी अस्पताल, बाँके
    ७. लुम्बिनी प्रादेशिक अस्पताल, रुपदेन्ही
    ८. जिल्ला अस्पताल वर्दिया
    ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
    १०. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
    ११. सेती प्रादेशिक अस्पताल, कैलाली
    १२. महाकाली अस्पताल, महेन्द्रनगर
    १३. घोडाघोडी हस्पिटल प्रालि, कैलाली

    मिर्गौला प्रत्यारोपण हुने अस्पताल

    १.नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल
    २. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौं
    ३. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
    ४. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
    ५. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा

    हेमोडायलाइसिस लागि उपचार हुने स्वास्थ्य संस्था

    १. इलाम अस्पताल, इलाम
    २. बीपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान, धरान
    ३. मेची अस्पताल, भद्रपुर, झापा
    ४. कोशी अस्पताल, विराटनगर, मोरङ
    ५. विराटनगर अस्पताल प्रालि, विराटनगर, मोरङ
    ६. गोल्डेन अस्पताल प्रालि, विराटनगर, मोरङ
    ७. नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लिमिटेड, मोरङ, विराटनगर
    ८. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, मोरङ
    ९. ओमसाई पाथीभारा हस्पिटल प्रालि, भद्रपुर, झापा
    १०. पूर्णटुङ विर्ता सिटी अस्पताल, झापा
    ११.लाइफलाइन अस्पताल प्रालि, दमक, झापा
    १२. मनमोहन मेमोरियल क्षेत्रीय अस्पताल बिर्तामोड, झापा
    १३. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज, पर्सा
    १४. प्रादेशिक अस्पताल जनकपुर, धनुषा
    १५. जानकी हेल्थकेयर अस्पताल प्रालि, जनकपुर, धनुषा
    १६. गजेन्द्र नारायणसिंह अस्पताल, राजविराज
    १७. नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्ज
    १८. वीरगञ्ज हेल्थ केयर हस्पिटल, विरगञ्ज
    १९. सिरहा अस्पताल, सिरहा
    २०. प्रादेशिक अस्पताल, गौर
    २१. सेभ लाइफ हस्पिटल एण्ड रिसर्च प्रालि, जनकपुर
    २२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), काठमाडौं
    २३. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर
    २४. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
    २५. नेपाल मेडिकल कलेज, जोरपाटी
    २६. चितवन मेडिकल कलेज शिक्षण अस्पताल, चितवन
    २७. कलेज अफ मेडिकल साइन्सेस भरतपुर, चितवन
    २८. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, वनस्थली, काठमाडौं
    २९. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
    ३०. बीएण्डबी अस्पताल, ग्वार्को, ललितपुर
    ३१. आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ललितपुर
    ३२. विरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं
    ३३. सुमेरु सामुदायिक हस्पिटल प्रालि, धापाखेल, ललितपुर
    ३४. अल्का अस्पताल प्रालि, काठमाडौं
    ३५. हिमाल हस्पिटल प्रालि, ज्ञानेश्वर
    ३६. हिमाल हस्पिटल प्रालि, काठमाडौं
    ३७. ग्राण्डी इन्टनेशनल अस्पताल, धापासी
    ३८. बयोधा हस्पिटल प्रालि, बल्खु
    ३९. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल, काठमाडौं
    ४०. किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, इमाडोल, ललितपुर
    ४१. भरतपुर हस्पिटल, भरतपुर, चितवन
    ४२. ग्रिनसिटी अस्पताल प्रालि, धापासी
    ४३. नेपाल प्रहरी हस्पिटल, महाराजगञ्ज
    ४४. आश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रालि, भैंसेपाटी, ललितपुर
    ४५. मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, स्वयम्भू, काठमाडौं
    ४६. राष्ट्रिय मिर्गौला उपचार केन्द्र (रामेछाप केन्द्र)
    ४७. हेटौंडा अस्पताल, हेटौंडा
    ४८. माया दया स्वास्थ्य क्लिनिक, बुढानिलकण्ठ
    ४९. चिरायू डायलइसिस सेन्टर, बसुन्धरा
    ५०. शुभेच्छा अन्तराष्ट्रिय अस्पताल प्रालि, काठमाडौं
    ५१. काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, काठमाडौं
    ५२. स्टार हस्पिटल प्रालि, सानेपा
    ५३. नेपाल भारत मैत्री अस्पताल, चाबहिल
    ५४. सान डायलाइसिस सेन्टर, कान्तिपथ जमल
    ५५. बकुलहर रत्ननगर अस्पताल, चितवन
    ५६. राष्ट्रिय मिर्गौला उपचार केन्द्र (गौशाला शाखा)
    ५७. धादिङ अस्पताल, धादिङ
    ५८. त्रिशुली अस्पताल, नुवाकोट
    ५९. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
    ६०. गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
    ६१ .चरक मेमोरियल हस्पिटल प्रालि, पोखरा कास्की
    ६२. धौलागिरी अस्पताल, बाग्लुङ
    ६३. लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालि, बगालेटोल, पोखरा
    ६४. पर्वत अस्पताल, पर्वत
    ६५. स्याङ्जा अस्पताल, स्याङ्जा
    ६६. बेनी अस्पताल, म्याग्दी
    ६७. गोरखा अस्पताल, गोरखा
    ६८. मध्यविन्दु जिल्ला अस्पताल
    ६९. गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा वालिङ डायलाइसिस सेन्टर
    ७०. दमौली अस्पता, दमौली
    ७१. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
    ७२. भेरी अस्पताल, बाँके
    ७३. युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा
    ७४. सिद्धार्थनगर सिटी हस्पिटल, बुटवल
    ७५. क्रिमसन अस्पताल, मणिग्राम, रुपन्देही
    ७६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
    ७७. राप्ती प्रादेशिक अस्पताल, दाङ
    ७८. नेपालगञ्ज मेडिकल कलेज, बाँके
    ७९. सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, बुटवल
    ८०. गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको शाखा लमही डायलाइसिस सेन्टर
    ८१. प्रादेशिक अस्पताल, सुर्खेत
    ८२. सेती प्रादेशिक अस्पताल, कैलाली
    ८३. महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर
    ८४. कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑