बारा| ८ दशकअघि गुल्जार शहरको रुपमा नेपालमा परिचित ऐतिहासिक सहर बाराको अमलेखगञ्जमा पर्यटकहरुलाई पानीको समस्या देखिएको छ ।
तराईमा पर्यटनको बलियो आधार बनेको अमलेखगञ्जमा आन्तरिक र बाह्य पर्यटकहरुले पानीको प्रसस्त उपभोग गर्न नपाएका हुन् । पानीकै कारण आन्तरिक र बाह्य पर्यटकले अमलेखगञ्जलाई छोटो घुमाइको गन्तब्य बनाउने गरेका छन् ।
पर्सा निकञ्ज, हाती सफारी, जंगल सफारी, पैदल सफारी, रेल्बे क्षेत्र, चुरे पहाड, कामीनी दह अमलेखगञ्जमै रहेकाले पानी नहुँदा पर्यटन व्यवसाय र स्थानीय संकटमा परेको छ ।राणा प्रधानमन्त्री देवशमसेरले विक्रम संवत १८९६ मा २४ लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरी १९५३ मा सञ्चालनमा ल्याएको पानी सुक्दै गएपछि अरु विकल्प नहुँदा सिंगो बस्ती नै संकटमा परेको छ ।
राणकालमा शहर रहेको यो पर्यटकीय बस्तीमा पानीका लागि कुनै तहका सरकारले चासो नदिएपछि पानी कै कारण बिस्थापित हुने क्रम रहेको छ भने यहाँ सञ्चालित होटल तथा रिसोर्टहरुले अन्यत्रबाट पानी किनेर ल्याउने गरेका छन् । पर्यटकीय स्थलका रूपमा रहेर पनि पानीका कारण प्रसस्त लाभ लिन सकिने यहाँ पर्यटकहरुको छोटो र केही घण्टाको बसाइमा सिमित हुन पुगेको छ ।