• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्यातमा सबभन्दा ठूलो हिस्सा निर्माण सामग्रीको, प्रमुख बजार भारत

  • वीरगंज संजाल
  • १३ मंसिर २०८०, बुधबार ०९:३३
  • १८३३

    वीरगंज | नेपालबाट निर्माण सामग्रीहरूको निर्यात सुरू भएको एकाध वर्ष मात्रै भएको छ। छोटो अवधिमा बढेको निर्यातले व्यवसायी उत्साहित भएका छन्। थप बढाउने योजनामा छन्।

    अघिल्लो वर्षदेखि खाने तेलको निर्यात खस्किरहेको अवस्थामा निर्माण सामग्रीको निर्यातले नेपालको साख जोगाउन सहयोग पुगेको सरकारी अधिकारीहरू बताउँछन्।

    मुख्यतया पछिल्लो समय भारतमा बजार विस्तार भइरहेको आइरन तथा स्टिल, सिमेन्ट तथा क्लिंकर र प्लाइउडको निर्यात लोभलाग्दो छ। निर्यातमा प्रमुख योगदान यिनै तीन वस्तुको भएको छ।

    दुई वर्ष अघिसम्म नगन्य हिस्सा रहेका निर्माण सामग्रीहरू (विशेष गरी आइरन तथा स्टिल, सिमेन्ट-क्लिंकर र प्लाइउड) को निर्यात योगदान अहिले १८.११ प्रतिशत पुगेको छ। जस्तापाता लगायत अन्य निर्माण सामग्री पनि जोड्दा २० प्रतिशत माथिको योगदान पुगेको व्यवसायीहरूको भनाइ छ।

    चालु वर्षको पहिलो चार महिनामा सबभन्दा बढी निर्यात भएको आइरन तथा स्टिल हो।

    २०७९ साउन, भदौ, असोज र कात्तिकको तुलनामा वर्ष २०८० को यही अवधिमा आइरन तथा स्टिलको निर्यात ९३ प्रतिशतले बढेको छ। नेपालको समग्र निर्यातमा आइरन तथा स्टिलको योगदान ११.२७ प्रतिशत पुगेको छ।

    आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा दुई अर्ब ९४ करोड रूपैयाँको आइरन तथा स्टिल निर्यात भएको थियो। चालु वर्षको पहिलो चार महिनामा पाँच अर्ब ६९ करोड रूपैयाँको पुगेको छ। गत आर्थिक वर्षभरि भने १० अर्ब ८२ करोड रूपैयाँको निर्यात भएको थियो।

    भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ८७ करोड रूपैयाँको आइरन तथा स्टिल निर्यात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब १५ करोड रूपैयाँको भएको थियो।

    सिमेन्ट भने गत वर्षबाट मात्र निर्यात सुरू भएको हो। उत्पादक कम्पनीले अहिले भारतीय बजारमा विज्ञापन समेत गर्न थालेका छन्। गत वर्षको पहिलो चार महिनामा तीन करोड ५१ लाख रूपैयाँको मात्र सिमेन्ट निर्यात भएको थियो।

    चालु वर्षको पहिलो चार महिनामा भने ३२ गुणाले बढेर एक अर्ब १३ करोड सात लाख रूपैयाँको निर्यात पुगेको छ। प्रतिशतको आधारमा हेर्ने हो भने तीन हजार २१९ प्रतिशतको वृद्धिदर हो।

    भर्खरै निर्यात सुरू भएकाले वृद्धिदर यति ठूलो अंक भए पनि यसलाई स्वाभाविक मान्छन् व्यवसायीहरू।

    आर्थिक वर्ष २०७८/७९ सम्म शून्य निर्यात भएको सिमेन्ट तथा क्लिंकरले १६ महिनाको अन्तरालमा करिब तीन प्रतिशत हिस्सा ओगटेको छ।

    त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्लाइउडको निर्यात दुई अर्ब ३३ करोड रूपैयाँको पुगेको छ। गत आर्थिक वर्ष पहिलो चार महिनाको तुलनामा प्लाइउडको निर्यात १३१ प्रतिशतले बढेको छ।

    गत वर्ष यो अवधिमा एक अर्ब ७१ लाख रूपैयाँको प्लाइउड निर्यात भएको थियो। गत आर्थिक वर्षभरि भने चार अर्ब ७० करोड रूपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा जम्मा ३५ करोड २२ लाख रूपैयाँको मात्रै निर्यात भएको थियो।

    चालु वर्षको हालसम्मको समग्र निर्यातमा प्लाइउडको योगदान चार प्रतिशत पुगेको छ।

    प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले चालु वर्षमै आठ अर्ब रूपैयाँको निर्यात पुर्‍याउने बताए।

    चालु वर्षभरि आइरन तथा स्टिलको निर्यात २० अर्ब रूपैयाँ, सिमेन्टको निर्यात १० अर्ब रूपैयाँ र प्लाइउड निर्यात आठ अर्ब रूपैयाँको पुर्‍याउने लक्ष्य व्यवसायीहरूले राखेका छन्। यसो हुँदा तीन किसिमका निर्माण सामग्रीको निर्यात मात्रै करिब ४० अर्ब रूपैयाँको पुग्ने आकलन गरिएको छ।

    विगत लामो समय नेपालको निर्यातमा महत्त्वपूर्ण योगदान प्रशोधित तेलको थियो। पछिल्लो केही महिनादेखि प्रमुख निर्यातका सामानको सूचीबाट प्रशोधित तेल बाहिरिन थालेको छ।

    आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा पाम, भटमास र सूर्यमुखी तेल ४७ अर्ब रूपैयाँको निर्यात भएको थियो। यो समयमा समग्र निर्यातमा यी तीन तेलको योगदान ५८ प्रतिशत थियो।

    पाम तेलको उत्पादन नेपालमा हुँदैन भने भटमास र सूर्यमुखीको उत्पादन नगन्य हुन्छ। यी तीनै प्रकारको तेल मलेसिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, चीन, टर्की, युक्रेन लगायत देशबाट आयात गरिन्थ्यो। अन्‍य देशबाट कच्चा उत्पादन लिएर कम्तीमा ३० प्रतिशतसम्मको मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने सुविधा नेपाललाई छ। तर भारतले वाणिज्य सन्धिको लाभ उठाएर ३० प्रतिशत पनि मूल्य अभिवृद्धि नगरेको शंका लागेपछि तेल निर्यातमा क्रमशः रोक लगाउँदै गएको थियो।

    आर्थिक वर्ष २०७८/७९ मा भारतले अन्य देशबाट पनि कच्चा तेलमा लाग्ने कर कटौती गरेको थियो। यसपछि नेपाल हुँदै जाने तेलको तुलनामा सम्बन्धित देशबाट मगाउन सस्तो पर्न गयो।

    आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा १६ अर्ब रूपैयाँको तेल निर्यात भएको थियो भने समग्र निर्यातमा योगदान २९ प्रतिशतमा झरेको थियो।

    चालु वर्षको चार महिनामा भने तीन प्रकारको तेलको निर्यात दुई अर्ब १२ करोड रूपैयाँको भएको छ। समग्र निर्यातमा तेलको योगदान चार प्रतिशतमा झरेको छ।

    विगत लामो समयदेखि नै नेपालको निर्यात भारतसँगको वाणिज्य सन्धिको लाभ उठाउँदै आयातित वस्तुमा निर्भर भएको देखिएको छ। नेपाल राष्ट्र बैंकको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति अध्ययन प्रतिवेदन-२०७६’ अनुसार २०५० को दशकमा नेपालबाट विदेशी बजारमा सबभन्दा बढी निर्यात हुने वस्तु वनस्पति घ्यु थियो। वनस्पति घ्यु निर्यात हुने मात्रै होइन, आयातमा पनि अग्रस्थानमा थियो। नेपालमा सामान्य पनि मूल्य अभिवृद्धि नभएको थाहा पाएपछि भारतले यस्तो घ्युको आयातमा रोक लगायो। पछि पाम हुँदै समग्र तेलमा पनि भारतले यस्तो नीति लियो।

    आर्थिक वर्ष २०७८/७९ सम्म समग्र निर्यातमा आधा हिस्सा ओगटेको तेल अहिले नगण्य योगदानमा झरेको छ। तर निर्माण सामग्री लगायत नेपाली उत्पादनको निर्यात वृद्धिदरले समग्र निर्यातमा ठूलो गिरावट नआएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का अधिकारीहरू बताउँछन्।

    निर्माण सामग्री उत्पादक व्यवसायीहरूले भारतीय बजारमा माग निरन्तर बढ्दो क्रममा रहेको भन्दै थप बढाउन सकिने बताएका छन्।

    अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले नेपालबाट नजिकको बजार भारतको उत्तर प्रदेश लगायत क्षेत्रमा ठूला विकासका योजना अघि सारिएकाले पनि नेपाललाई अवसर रहेको बताए।

    त्यस्तै स्टिल उत्पादक सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले नेपाललाई तुलनात्मक लाभ भएको अन्तर्राष्ट्रिय बजारमा निर्यात सामग्रीको हिस्सा बढाउन सकिने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑