• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बाराको दलित बस्तीमा परालकै सिरक, परालकै ओछ्यान

  • वीरगंज संजाल
  • १० पुष २०७६, बिहीबार ०५:५६
  • २९३१३

    विरगञ्‍ज । मध्य तराईमा पुस लागेसँगै जाडो बढ्न थालेपछि अति विपन्‍न दलितको अहिले एउटै सहारा “परालकै ओढ्ना परालकै ओछ्यौना भएको छ । गरीब तथा विपन्न दलित जाडोबाट बच्‍न दिउँसो आगोको सहारा लिए पनि रात परेपछि परालकै शरणमा पर्छन् ।

    बारा जिल्ला, तेलकुवामा रहेको मुसहर बस्तीका मानिसमा न्यानो कपडाको अभाव छ ।   एक सय ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका  थोत्रो लुगा लगाउँछन् र फोहरमैलामा खेल्छन् । बस्तीमा जाडो छल्न कुनै उपाय नभएपछि उनीहरुले परालको आगो तापेर दिन गुजार्ने गरेको देखिन्छ । रात परेपछि जाडो छल्न उनीहरुले परालकै ओढ्ना र ओछ्योनाको सहारा लिने गरेका छन् ।

    “दुई छाक टार्न धौधौ हुन्छ, बच्चा नाङ्गै छन् केले जाडो छल्ने हो ? हाम्रा लागि लाने, खाने, जाडो छल्ने उपाय छैन”, स्थानीयवासी बाबुलाल माझी टाउकामा हात राखी पीडा पोख्छन्, “यसपालि मात्रै हो र हाम्रा लागि त प्रत्येक वर्ष जाडो दशा मात्र हुँदो रहेछ । बाध्य भएर हामीले परालकै ओढ्ना परालकै ओछ्यौना प्रयोग गर्ने गरेका छौँ । गाउँकै अन्य बस्तीमा जाडो छल्न सुकिला तथा न्यानो कपडाको प्रयोग हुने गरेको छ । नयाँनयाँ लुगा, मीठो खानेकुराको चलन छ तर हाम्रो दलित बस्तीमा भने भात नै भए ठूलो कुरा हो” माझीले आफ्नो पीडा यसरी पोखे ।

    “सुकिला लुगा लाउने, राम्रो घरमा बस्ने कसलाई मन पर्दैन”, बस्तीका भरछिया माझी भन्‍छन्, “तर हामीले आफ्ना बालबालिकालाई जाडोबाट बचाउन उही परालको आगोको सहारा लिने गरेका छौँ ।”

    अधिकांश बालबालिकाको शरीरभरि कपडा छैनन् । त्यहाँका बुढापाकाको एउटै भनाइ थियो, “हाम्रा बालबालिकाको बाँच्ने परिवेश यस्तै हो । नत पेटभरि खाना नै हुन्छ न त राम्रो तथा सुकिला कपडा नै हुन्छ । सबै ठूलाबडाहरु जाडो छल्न तातो लुगा लगाउँछन् तर हाम्रा घरमा चुल्हो बाल्ने स्थिति छैन । छिमेकी गाउँमा जाडोबाट बच्न हिटरलगायत सामानको जोहो छ । तिनीहरुका  बालबालिका सुकिला कपडा लगाइरहेका छन तर हाम्रा बालबालिका जाडो छल्न परालको आगोको सहारा लिन बाध्य छन् ।

    “गत स्थानीय तहको चुनावको बेला त नेताहरु आएर ठूलाठूला भाषण गरेर गए तर मुसहर बस्तीको दयनीय र कारुणिक अवस्थालाई उकास्‍नेतर्फ कसैले ध्यान दिएन”,लोरिक माझीले आफनो पीडा पोख्दै भन्नुभयो, हाम्रो दैनिकी कसरी बितिरहेको छ भोट लिने नेताहरुले आजसम्म फर्केर हेरेका  छैनन् , हामी त भोट बैंक मात्र हौँ ।”

    बाराको सदरमुकाम कलैयाको बरियारपुर सडकखण्डको भुतही पुलदेखि करीब २ किमी दूरीमा रहेको मुसहर बस्तीको छेउमै खोला रहेकाले वर्षाको समयमा बस्ती जोखिममा पर्ने गरेको अधिकारकर्मी श्यामबाबु यादवले बताए । मजदूरीबाहेक कुनै रोजगारी नरहेकाले उनीहरुको जाडो छल्ने भरपर्दो माध्यम आगो नै हो ।  विपन्न तथा गरीब दलित बस्तीमा  आगो संस्कृतिको विकास हुँदै गएको छ ।

    सधैँभरि अभाव र पीडामा बाँचिरहेका मुसहरलाई फुसको छाप्रो तथा छानाविहीन घरमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै तनु माझी भन्छन्, “ न त घरमा अन्‍न छ न वस्त्र नै छ, हाम्रो लागि जाडो त काल भएको छ ।”  शिक्षाको कमीको कारण मजदूरी नै जीविकोपार्जन गर्ने माध्यम भएकाले सधैँभर साहुमहाजनको ऋणमा नै डुब्ने गरेका छन् ।

    प्रदेश सरकारले नै दलितलाई हेला गरेको दलित अधिकारकर्मी सिकेन्द्र पासवानको आरोप छ । सबैबाट अपहेलित दलितको अवस्था आजसम्म जस्ताको त्यस्तै रहेको उनी बताउछन् ।   आर्थिक विपन्नताका कारण आफ्नो समुदाय निकै पछाडि परे पनि राज्यले चासो नदिएको बस्तीका मुसहरहरु बताउँछन् । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑