• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    ‘चार्ली फक्सर’ अपरेसन : पक्राउ परेकालाई पठाउन अध्यागमनको सहयोग खोज्दै प्रहरी

  • वीरगंज संजाल
  • Dec 26, 2019, 5:42 am
  • ३६८१

    वीरगंज  ।  नेपाल बसेर चीनमा साइबर तथा आर्थिक अपराधका घटना गराएको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले उनीहरूलाई स्वदेश पठाउन अध्यागमन विभागसँग बाटो खोज्ने तयारी गरेको छ ।

    ‘चार्ली फक्सर’ नाम दिइएको सो अपरेसनका क्रममा गत सोमबार राजधानीका विभिन्न स्थानबाट १ सय १४ पुरुष र आठ महिला गरी १ सय २२ जना पक्राउ परेका थिए ।
    प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले नेपालमा अपराध गरेको कुनै प्रमाण नभेटिएपछि प्रहरी उनीहरूमाथि कसरी कारबाही गर्ने भन्नेमा अन्योलमा पर्दै आएको छ । प्रहरीले उनीहरूलाई ‘टुरिस्ट भिसा’ दुरुपयोग गरेर नेपाल बसेको भन्दै स्वदेश पठाउनेबारे अध्यागमन विभागसँग सहकार्य गर्ने तयारी गरेको हो ।

    उनीहरूलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । सोधपुछको क्रममा प्रहरीमाथि दुव्र्यवहार गरिएको भन्दै प्रहरीले उनीहरूलाई दुव्र्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको हो ।

    अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका चिनियाँ नागरिकलाई अध्यागमन विभागमार्फत नै प्रक्रिया पु¥याएर स्वदेश पठाइने बताए ।
    ‘पक्राउ परेकाहरूलाई अध्यागमन विभागमार्फत नै स्वदेश पठाइन्छ, यसमा प्रहरीसँग आवश्यक सहकार्य हुन्छ,’ विभागका महानिर्देशक पौडेलले राजधानीसँग भने ।
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डीआईजी निरजबहादुर शाहीले पक्राउ परेकाहरूमध्ये ६७ जनासँग मात्रै राहदानी रहेको पाइएको र अन्यको राहदानी खोजी भइरहेको जानकारी दिए ।

    अध्यागमन विभागका महानिर्देशक पौडेलले भने त्यसरी राहदानी अरूलाई दिएको पाइएमा समेत लिने र दिने दुवैमाथि कारबाही हुने जनाए । यस्तै, उनीहरूको राजदानी फेला नपरे चिनियाँ दुतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई चिनियाँ अध्यागमनको जिम्मा लगाइने जानकारी दिएका हुन् ।

    चिनियाँ पक्षले मंगलबार नै नेपाल र चीनको संयुक्त अपरेसनमा क्रममा सीमापार अपराधमा संलग्न आफ्ना नागरिक नेपालमा पक्राउ परेको बताएको थियो । तर, नेपाल प्रहरीले भने बुधबार पत्रकार सम्मेलन गरेर मात्र यसको औपचारिक जानकारी गराएको हो ।

    ‘एनसीबी बेइजिङको सूचनाको आधारमा एनसीबी काठमाडौंले यो अपरेसन गरेको हो, करिब तीन महिनादेखि उनीहरूमाथि अनुसन्धान हुँदै आएको थियो,’ सीआईबीका निर्देशक शाहीले पत्रकार सम्मेलनका क्रममा भने ।

    चिलीमा आयोजित इन्टरपोलको ८८औं सम्मेलनमा चिनियाँ पक्षले नेपाली पक्षलाई चिनियाँ नागरिक नेपालमा बसेर साइबर अपराधको गतिविधि गरिरहेको सूचना दिएपछि त्यसबारे निगरानी थालिएको शाहीले जनाएका हुन् ।

    डीआईजी शाहीले सो अपरेसन नेपालमा विदेशीमाथि भएको हालसम्मकै ठूलो अपरेसन भएको समेत बताए । उनका अनुसार ती चिनियाँ नागरिकले नेपाल बसाइका क्रममा ‘टुरिस्ट’ भिसाको दुरुपयोग गरेको पाइएको छ ।

    पक्राउ परेकाहरूको साथबाट ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान सीपीयू, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ थान पासपोर्ट बरामद भएको सीआईबीले जनाएको छ ।

    प्रहरीले संयुक्त अपरेसनका क्रममा राजधानीको मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठका नौवटा घरहरूमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो ।

    भाषाको समस्याले अनुवादक राखेर अनुसन्धान

    ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेपछि नेपाल प्रहरीलाई उनीहरूसँग अनुसन्धानका लागि संवाद गर्न भाषागत समस्या परेको छ । प्रहरीले उनीहरूसँग संवाद असहज भएपछि चिनियाँ भाषाका अनुवादकको सहयोगबाट अनुसन्धान गरिरहेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले १० जना भाषा अनुवादक राखेर प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकमाथि सोधपुछ गरिरहेको बताए ।

    ‘अहिले १० जना भाषा अनुवादकको सहयोग लिएर सोधपुछको काम जारी राखिएको छ, सबै अनुवादक एकैपटक लगाइएको अवस्था छैन,’ परिसर काठमाडौंका प्रमुख सुवेदीले राजधानीसँग भने ।

    नेपाल प्रहरीभित्र समेत चीनमा नै अध्ययन गरेर आएका करिब २० जना चिनियाँ भाषा बुझ्न सक्ने अनुवादक छन् । तर, ती सबै तत्काल उपलब्ध नभएकाले बाहिरबाट समेत अनुवादक प्रयोग गरिएको हो । प्रहरीले अफिसियल रूपमा भाषा अनुवाद गर्दा विश्वभाषा क्याम्पसबाट अनुवादक लिने गरेको छ ।

    विदेशीमाथि हालसम्मकै सबैभन्दा ठूलो अपरेसन भनेको नेपाल प्रहरीले सो अपरेसनका लागि समेत चिनियाँ भाषा जान्ने भाषा अनुवादक अधिकृत साथमा लगेको थियो । उनीहरूलाई पक्राउ गर्दा प्रहरीले ६ सय जना प्रहरी खटाएको थियो ।

    प्रहरीले उनीहरूलाई पक्राउ गर्नुअघि हाम फालेर नभागून भनेर घरका चारैतिर निर्माणजन्य काममा प्रयोग गरिने जालीसमेत विच्छ्याएको थियो । नियन्त्रणमा लिएपछि समेत प्रहरीले उनीहरूसँग अंग्रेजी भाषामा संवादको प्रयास गरेको थियो । तर, उनीहरूले कुनै जवाफ नफर्काएपछि संवादका लागि आफ्ना भाषा अनुवादकको प्रयोग गरेको थियो ।
    प्रहरीलाई उनीहरूसँग बरामद गरिएका ल्यापटप, मोबाइललगायतका सामग्रीमा भएका आवश्यक प्रमाणको अनुसन्धानमा समेत भाषागत समस्या देखिएको छ ।

    यस्तै, एक जना चिनियाँसँग उनीहरूको घर ठेगाना सोध्न मात्रै करिब १ घण्टा समय बितेको छ । यस्तै, अनुवादकले समेत उनीहरूबाट आएका कुरालाई अनुवाद गर्दै प्रहरीलाई व्याख्या गर्नुपरिरहेको छ ।

    घरबेटीमाथि पनि अनुसन्धान हुने

    चिनियाँ नागरिकले प्रयोग गर्दै आएका घरका घरबेटीमाथि समेत प्रहरीले आवश्यकताअनुसार अनुसन्धान गर्ने तयारी गरेको छ ।

    सीआईबीका निर्देशक डीआईजी निरजबहादुर शाहीले उनीहरू पक्राउ परेका घरका घरबेटीमाथि समेत आवश्यकताका आधारमा अनुसन्धान हुने बताएका हुन् ।
    पक्राउ परेका चिनियाँ नागरिकले ५० हजार रुपैयाँ भाडा पर्ने घरलाई डेढ लाख रुपैयाँसम्म तिरेको पाइएको प्रहरीले फेला पारेको छ । बढी भाडा पाउने लोभामा घर भाडामा लगाइएकाले घरबेटीमाथि समेत अनुसन्धान हुने प्रहरीले बताएको हो ।

    उनीहरूले भाडामा लिएका घरमा काम गर्ने अफिस र होस्टल छुट्टाछुट्टै राखेको र त्यहाँ प्रवेश गर्दा परिचयपत्र देखाउनुपर्ने तथा सुरक्षाका हिसाबले समेत व्यवस्थित रूपमा सञ्चालन गरिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान
  • भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै
  • अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?
  • आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    समाचारगृहपृष्ठ समाचार पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान? पर्सामा गाँजा बरामदको शृङ्खला : मुख्य कारोबारीसम्म किन पुग्न सक्दैन प्रहरी अनुसन्धान?

    भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

    घट्यो चाँदीको मूल्य, सुनको कति?

    संघीय सरकार मातहतका सबै कार्यालयमा अब १५/१५ दिनमा तलव भुक्तानी

    ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ भन्दै सरकारविरुद्ध प्रदर्शन (तस्बिरसहित)

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद्‌को बैठक आह्वान

    News

    भारतीय सेना प्रमुख पोखरामा, भूपू सैनिकलाई भेट्दै

    News

    अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यासको अवधि किन घटायो?

    News

    आकाशको गतिलाई चुनौती दिने चिनियाँ रेलको कथा, विश्वलाई कसरी पार्दै छ चकित?

    News

    वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑