
वीरगंज | मलेसियामा सम्पन्न एसिसी प्रिमियर कपको फाइनल खेलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । शनिबार भएको यूएई विरुद्धको खेलमा सानदार जीत हात पारेको नेपाललाई गतिलो सुरूवात दिँदै आसिफले १०६ बलमा १०२ रन बनाएका थिए ।
आसिफले एकदिवसीयमा दोस्रो शतक हानेका हुन् । उनले ४ शानदार छक्का र ८ चौका प्रहार गरे ।
यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बनेका छन् । उनले प्रतियोगिताभरि १७ विकेट लिए । शनिबारको फाइनलमा उनले एक मात्र विकेट हात पारेका थिए ।शनिबारको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कपको च्याम्पियन बनेको नेपाल एसिया कपमा छनोटसमेत भएको छ ।