• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उखु क्रसिङको तयारीमा मिल, यस वर्ष ३० लाख क्विन्टल क्रसिङ हुने अनुमान

  • वीरगंज संजाल
  • ६ मंसिर २०८०, बुधबार १६:१६
  • २००५

    बारा । बाराको कलैयास्थित रिलायन्स चिनी मिलले उखु क्रसिङका लागि तयारी थालेको छ । मिलले आगामी मंसिर २२ गते विधिवत् रूपमा पूजाआजा गरेर उखु क्रसिङ सुरु गर्ने जनाएको छ ।

    कलैया उपमहानगर वडा नम्बर १६ श्रीपुरस्थित सो चिनी मिलमा बारा र पर्साका करिब १० हजार उखु किसानले उखु क्रसिङ गर्ने बताइएको छ । उद्योगभित्रका मेसिनहरूको सरसफाइ गर्ने र पार्टपुर्जा फेर्ने काम ९० प्रतिशत सकिएको मिलले जनाएको छ ।

    मिलका कार्यकारी निर्देशक शैलेन्द्र कुमारले यस वर्ष उखुको उत्पादन राम्रो भएकोले गत वर्ष भन्दा छिटो मिल सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । गत वर्ष मिलले पुस १० गतेदेखि लगातार ३ महिनासम्म १९ लाख ३५ हजार क्विन्टल उखु क्रसिङ गरेको जानकारी दिँदै यो वर्ष थप परिमाणमा क्रसिङ हुने बताए ।

    यस वर्ष उखुको उत्पादन राम्रो भएकाले करिब ४ महिना मिल सञ्चालन हुने उनको भनाइ छ । उनका अनुसार करिब ३० लाख क्विन्टलसम्म उखु क्रसिङ हुने अनुमान गरिएको छ । गत वर्ष १९ लाख ३५ हजार उखु क्रसिङ गर्दा १ लाख ९० हजार क्विन्टल चिनी उत्पादन भएको उनले बताए ।

    मिलले गत वर्ष साउन मसान्त अगावै प्रतिकिलो ७२ देखि ७८ रुपैयाँमा काठमाडौँ, पोखरा,तनहुँ, सिन्धुलीका ठुला व्यापारीलाई चिनी ब्रिकी गरेको थियो ।

    यता, उखु किसानहरूले भने क्रसिङअघि सरकारले समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन् । उखु किसान इन्द्रदेव कुशवाहाले यस वर्ष प्रतिक्विन्टल ७६० रुपैयाँ उखुको समर्थन मूल्य हुनुपर्ने आफूहरूको माग रहेको बताए । ‘मंसिर १५ गतेभित्र उखुको समर्थन मूल्य तोक्नुपर्यो भन्ने सरकारसँग हाम्रो माग हो, अहिलेको बजार मूल्यका आधारमा न्युनतम् उखुको मूल्य प्रतिक्विन्टल ७६० रुपैयाँ हुनुपर्छ’ कुशवाहाले भने ‘उखुको समर्थन मूल्य सार्वजनिक नभएसम्म मिल नचलाउन हामीले अनुरोध गरेका छौँ ।’

    गत वर्ष सरकारले प्रतिक्विन्टल उखुको मूल्य ६१० रुपैयाँ निर्धारण गरेको थियो । जसमा मिलले प्रतिक्विन्टल ५४० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान दिएको थियो । किसानले बिक्री गरेको उखुबाट मिलले चिनी बाहेक, मलासिस, स्पिड, प्रांगरिक मल लगायत अनेकौँ वस्तु उत्पादन गरेर बिक्री गर्दछ । तर ती वस्तुको बिक्रीबाट हुने फाईदा उद्योग एक्लैले लिँदै आएको उखु कृषकहरुको गुनासो छ ।

    ‘पहिला डिजेल, मलखाद, बिउ, औषधि सस्तो थियो, उखु सस्तो भए पनि भाउ अनुसार नाफा अलि बढी नै हुन्थ्यो । तर, अहिले यतिको महँगी छ, खर्चै धान्नै मुस्किल छ, खेत बेचेर मलखादको पैसा तिर्नुपर्ने अवस्था आइसक्यो,’ कलैया १६ का अर्का उखु किसान धर्मजित कोइरीले भने, ‘हाम्रो उखु छिलाई (खेतमा उखु सफा) गर्दा प्रतिक्विन्टल ११० रुपैयाँ, भाडा प्रतिक्विन्टल ७० रुपैयाँ लाग्छ । हामीलाई बच्ने भनेको क्विन्टलमा त्यही ४ सय रुपैयाँ हो, त्यो पनि मलखाद, बिउ, औषधि, लेबर, पानी सबै हिसाब जोड्दा फाइदा छैन, यस पटक उखुको मूल्य बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑