• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

  • वीरगंज संजाल
  • Aug 25, 2026, 4:33 pm
  • ०

    वीरगंज | सभामुख डोलप्रसाद अर्यालले सासूको मृत्यु भएपछि प्रतिनिधि सभाको बैठक स्थगित गर्दै बुधबारका लागि सारेका छन्।

    प्रतिनिधि सभाको बैठक मंगलबार १ बजेका लागि डाकिएको थियो।

    बिहानै सासू शिवकुमारी केसीको निधन भएपछि सभामुख अर्यालले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजेका लागि सारेका हुन्।

    ९० वर्षीया केसीलाई काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरी शनिबार घर लगिएको थियो।

    सासूको निधन भएपछि सभामुख अर्यालले संसद सचिवालयलाई बैठकको समय परिवर्तन भएको सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए।

    प्रतिनिधि सभा नियमावली २०८३ को नियम ६ मा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने व्यवस्था छ।

    तर सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबु बाहिरको परिस्थिति परी बैठकमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्न सक्ने व्यवस्था छ।

    अर्थात् सभामुख अर्यालले मंगलबारका लागि डाकिएको बैठक स्थगित नगरी उपसभामुखलाई लिखित रूपमा बैठक सञ्चालनको जिम्मेवारी तोक्न सक्ने प्रावधान नियमावलीमा छ।

     

    तर सभामुख अर्यालले काबु बाहिरको परिस्थिति उत्पन्न भएको विषयमा उपसभामुख रुबी कुमारीसँग परामर्श गरेका थिएनन्।

    ‘मलाई अचानक बैठक स्थगित भएको थाहा भयो’, उपसभामुखले सेतोपाटीसँग भनिन्, ‘हाम्रो नियमावलीले ‘इमरजेन्सी’ भएको अवस्थामा बैठक स्थगित गर्न सक्ने व्यवस्था गरेको छ।’

    संसद सचिवालयका एक अधिकारीले उपसभामुखले ‘बैठक प्रारम्भदेखि स्थगनसम्म’ सञ्चालन गर्ने गरी क्षमता विकास नगरिसकेको दाबी गरे।

    ‘सभामुखले  उहाँलाई अहिले बीचबीचमा बैठक सञ्चालनका लागि अवसर दिइरहनु भएको छ। उहाँले पनि बैठक सञ्चालन गर्ने आत्मविश्वास बढाउनुभएको छ’, ती अधिकारीले भने, ‘तर अहिले बैठकको पूर्ण कमान्ड लिइहाल्न सक्ने अवस्थामा हुनुहुन्न।’

    संसद सचिवालयका ती अधिकारीका अनुसार उपसभामुखले अहिले नेपाली भाषाको अध्ययन गरिरहेकी छिन्। उनको मातृभाषा मैथली हो।

    ‘उहाँले निकै मिहेनत गरेर भाषा सिकिरहनु भएको छ’, ती अधिकारीले भने, ‘बैठक सञ्चालनमा परिपक्कता बढ्दो छ। भाषाको कमाण्ड पनि बलियो हुँदै गएको छ।’

    उपसभामुख र उपाध्यक्षले चलाएका छन् बैठक

    २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन्।

    सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणीको मुद्दामा जेल परेका थिए। त्यसपछि सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।

    तुम्बाहाङ्फे सभामुखको आकांक्षी थिइन्। संविधानले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नमिल्ने व्यवस्था गरेको छ। जसका कारण सभामुख चयनका लागि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने परिस्थिति बनेको थियो।

    त्यस्तै प्रतिनिधि सभा नियमावली २०७४ ले सभामुखले बैठकको सञ्चालन र अन्त्य गर्नुपर्ने व्यवस्था गरेको थियो।

    तुम्बाहाम्फेले भने सभामुखको अनुपस्थितिमा उपसभामुखले काम कारबाही सञ्चालन गर्ने व्यवस्था भएकाले सोहीअनुसार आफूले बैठक चलाउने अडान लिएकी थिइन्। राजनीतिक रस्कास्सीबीच उनले एउटा बैठक सञ्चालन गरेर सोही बैठकबाट पदबाट राजीनामाको घोषणा गरेकी थिइन्।

    त्यस्तै राष्ट्रिय सभामा पनि उपाध्यक्षले बैठक सञ्चालन र अन्त्य गरेको रेकर्ड छ।

    २०८० साल असार १८ गते राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बैठकको प्रारम्भ र अन्त्य गरेकी थिइन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लिखित रूपमा नै असार १८ र १९ गतेको बैठक सञ्चालनका लागि अनुमति दिएका थिए।

    उनी काठमाडौं बाहिर भएको र उपत्यकामा आउन नसक्ने भएपछि बैठक सञ्चालनका लागि अनुमति दिएका हुन्। उक्त दिन प्रतिनिधि सभाबाट पारित भएको विनियोजन विधेयक बजेट माथि छलफल भएको थियो।

    त्यस्तै २०७५ साल भदौ २२ गते अध्यक्ष तिमिल्सिना बैठक सुरू गरेर बाहिरिएका थिए। उक्त बैठकको अन्त्य उपाध्यक्ष शशीकला दाहालले गरेकी थिइन्। त्यतिबेला राष्ट्रिय सभाको नियमावलीमा बैठकको सुरूआत र अन्त्य उपाध्यक्षले गर्ने व्यवस्था थिएन।

    पहिलो बैठक उपाध्यक्ष दाहालले अन्त्य गरेपछि सोही दिनको दोस्रो बैठक उनले चलाउन खोजेकी थिइन् तर विपक्षमा रहेको नेपाली कांग्रेसले नियमावलीमा व्यवस्था नभएको उल्लेख गर्दै बैठक चलाउन दिएको थिएन।

    प्रतिनिधि सभा र राष्ट्रिय सभामा सभामुख/अध्यक्षले बैठक सञ्चालन गर्न नसक्ने काबु बाहिरको परिस्थिति उत्पन्न हुने देखिएपछि उपसभामुख र उपाध्यक्षले बैठक सञ्चालन गर्न सक्ने व्यवस्था नियमावलीमा भित्रिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑