काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बुधबार) सचिवालय बैठक डाकेको छ। बैठक मध्याह्न १२:४५ बजे सुरु हुने एमालेले जनाएको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा हालै कर्णाली प्रदेशमा गएको भूकम्प, भूकम्पपछि उद्धार तथा राहत र भूकम्पपीडितको
न:स्थापनाका विषयमा पार्टीको धारणा बनाउनेबारे छलफल हुने जनाएको छ। बैठकमा पार्टीले सञ्चालन गर्न थालेको ‘मध्यपहाडी लोकमार्ग पदयात्रा’ अभियानलगायत विषयमा पनि छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।