• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

  • वीरगंज संजाल
  • Aug 22, 2026, 1:33 pm
  • ०

    गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत उनले घटनालाई सरकार र राज्यले गम्भीरतापूर्वक लिएको भन्दै दोषीलाई कानुनले दिन सक्ने अधिकतम सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।गृहमन्त्री गुरुङले घटनाको अनुसन्धानमा सरकार पहिलो दिनदेखि नै सक्रिय रहेको दाबी गर्दै आरोपितहरू पक्राउ परिसकेको र अनुसन्धान जारी रहेको बताएका हुन् ।उनका अनुसार प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

    ‘एउटी सानी छोरीमाथि यस्तो अपराध भएको पीडा कुनै परिवारको मात्र होइन, हाम्रो सम्पूर्ण समाजको पीडा हो,’ गुरुङले भनेका छन्, ‘आमाहरू, महिलाहरू र नागरिकमा देखिएको आक्रोशलाई म पूर्ण रूपमा महसुस गर्न सक्छु।’

    घटनाको अनुसन्धानमा कुनै किसिमको बाधा वा त्रुटि नहोस् भन्नेमा सरकार सचेत रहेको उनको भनाइ छ। विगतका घटनाबाट पाठ सिक्दै प्रमाण सुरक्षित गर्ने, निष्पक्ष तथा वैज्ञानिक अनुसन्धान गर्ने र दोषी उम्कन नदिने दिशामा काम भइरहेको उनले बताएका छन्।

    गरिमाका अभिभावकले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जना पक्राउ गरिएको जानकारीसमेत गृहमन्त्री गुरुङले दिएका छन्।

    घटनापछि उठेको मृत्युदण्डको मागबारे उनले नेपालको संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिन सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। नेपालको संविधानको धारा १६(२) ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

    ‘घटनाको आवेगमा राज्यले तत्काल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था छैन,’ उनले भनेका छन्, ‘गृह प्रशासनको मुख्य जिम्मेवारी निष्पक्ष तथा मजबुत अनुसन्धान गर्नु हो, ताकि अनुसन्धानमा कुनै कमी नहोस्, दोषी उम्कन नपाओस् र पीडितले न्याय पाओस्।’कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारमा आएपछि महिला तथा बालबालिकाविरुद्ध हुने यस्ता जघन्य अपराधमा विद्यमान कानुनी बाधा हटाउने निर्णय गरेको उल्लेख गर्दै गुरुङले आवश्यक कानुन संशोधनको मस्यौदा तयार भई संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको बताए।

    कानुन निर्माण रातारात हुने प्रक्रिया नभए पनि सरकार चुप बसेको अवस्था नरहेको उनको दाबी छ। यस्ता अपराधमा प्रभावकारी कानुनी व्यवस्था निर्माण तथा विद्यमान कानुनलाई थप प्रभावकारी बनाउने काम निरन्तर भइरहेको उनले बताएका छन्।गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्नसमेत आग्रह गरेका छन्। आक्रोशका कारण अनुसन्धान तथा न्यायिक प्रक्रियामा असर पर्ने गतिविधि भए त्यसले अन्ततः न्यायलाई नै कमजोर बनाउन सक्ने उनको चेतावनी छ।‘अहिले हाम्रो पहिलो प्राथमिकता एउटै हुनुपर्छ—गरिमालाई न्याय,’ उनले भनेका छन्।

    नागरिकको खबरदारी आवश्यक रहेको भन्दै गुरुङले सरकारका कमजोरी औँल्याउन र सरकारलाई जवाफदेही बनाउन नागरिकलाई आग्रह गरेका छन्। तर अनुसन्धानलाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्नेमा उनले जोड दिएका छन्।
    ‘हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो,’ गुरुङले भनेका छन्।उनले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्ने र भविष्यमा यस्ता अपराध दोहोरिन नदिन बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।‘आक्रोशलाई न्यायको शक्तिमा बदलौँ। गरिमालाई न्याय दिलाऔँ। हरेक छोरीका लागि सुरक्षित नेपाल बनाऔँ,’ गृहमन्त्री गुरुङले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग
  • बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    बाेर्डरमा कडाइ गरेपछि नेपाल तर्फका बजारका व्यपारीहरु खुशी चएका छन् : अर्थमन्त्री वाग्ले

    रसियाको युक्रेनमाथि भिषण आक्रमण कम्तिमा १८ को मृत्यु

    प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    News

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑