वीरगञ्ज | वीरगञ्जको मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् ।गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
अघिल्लो राति सकुशल सुतेका उनी विहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको थियो ।वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले घट्नास्थल तथा शव जाँच मुचुल्का लगायतका प्रारम्भीक अनुसन्धान कार्य गरी लास पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।onlinekhabar