• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बोक्सी आरोपमा फेरि ज्यादती : दलित महिलाको हात भाँचियो, छोराको टाउको फुटाइयो

  • वीरगंज संजाल
  • १९ कार्तिक २०८०, आईतवार १८:३०
  • १५१७

    वीरगंज। महोत्तरीमा कथित बोक्सी आरोपमा घाइते सुरेन्द्र रामले अस्पतालको बेडबाट भने–आमालाई कुटिरहेको सुनेपछि दौडिँदै जाँदा मेरो टाउकोमा पनि चिर्पटले हाने म घरभित्र कोठामा थिएँ । बाहिर आमालाई कुटिरहेको र आमा कराएको सुनेपछि हतार–हतार निस्किएँ । आमा भएतिर जाँदै गर्दा मेरो टाउकोमा चिर्पटले हाने । आमा, बुबा, श्रीमती, भाइ र बुहारीले कुटाइ खाइरहँदा पनि जोगाउन सकिनँ । मेरो परिवारमाथि बोक्सी भनेर आरोप लगाउने र कुटपिट गर्नेलाई कारबाही होस् । महोत्तरीमा कथित बोक्सी आरोपमा फेरि दलित महिलासहित उनका परिवारका सदस्यमाथि नै कुटपिट भएको छ । गौशाला नगरपालिका– ११, लक्ष्मीनियाका चन्द्रशेखर यादव, सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाले मंगलबार स्थानीय ६६ वर्षीया इतरियादेवी रामसहित परिवारका ६ सदस्यहरूमाथि आक्रमण गरेका हुन् ।

    कुटपिटबाट इतरियादेवी, श्रीमान् रामचन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी र सुन्दरदेवी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार कुटाइबाट इतरियादेवीको बायाँ हात भाँचिनुका साथै शरीरभर चोट लागेको छ, सुरेन्द्रको टाउको फुटेर ६ टाँका लगाउनुपरेको छ, सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ भने देवेन्द्रको पनि शरीरभर चोट छ । इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ । देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । त्यस्तै, कुटपिटबाट चोट लागेका रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि हाल डिस्चार्ज भइसकेका छन् ।

    घटनाबारे घाइते सुरेन्द्रले भने, ‘म घरभित्र कोठामा थिएँ । बाहिर आमालाई कुटिरहेको र आमा कराएको सुनेपछि हतार–हतार निस्किएँ । आमा भएतिर जाँदै गर्दा मेरो टाउकोमा चिर्पटले हाने । आमा, बुबा, श्रीमती, भाइ र बुहारीले कुटाइ खाइरहँदा पनि जोगाउन सकिनँ ।’ उनले आमालगायत आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरेका छन् । मलमूत्र खुवाउने धम्कीसमेत दिएको प्रारम्भिक जानकारी पाएका छौँ : डिएसपी दिलीपकुमार गिरी प्रवक्ता, जिल्ला प्रहरी कार्यालय, महोत्तरी बोक्सी भनेर कुटपिट गरेको र मलमूत्र खुवाउने धम्कीसमेत दिएको प्रारम्भिक जानकारी पाएका छौँ । घटनाबारे सत्यतथ्य पत्ता लगाउँदै छौँ । दोषीमाथि कारबाही हुन्छ ।

    प्रहरीले आक्रमणकारीमध्ये सन्तोष यादव र विनोद पासमानलाई बुधबार पक्राउ गरेको छ । पीडित पक्षको जाहेरीलगत्तै उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध बोक्सी आरोपमा गरेको कुटपिट कसुरमा मुद्दा दर्ता भई अदालतबाट समेत म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए । ‘बोक्सी भनेर कुटपिट गरेको र मलमूत्र खुवाउने धम्कीसमेत दिएको प्रारम्भिक जानकारी पाएका छौँ,’ उनले भने, ‘दुईजना पक्राउ परिसकेका छन्, घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुन्छ ।’ प्रहरीले पहिलो घटनालगत्तै दोषीलाई कारबाही प्रक्रियामा नल्याउँदा दोस्रोपटक गम्भीर आक्रमण गम्भीर चोटपटक लाग्ने गरी पछिल्लो आक्रमण मंगलबार (१४ कात्तिक)को हो । त्यसअघि २७ असोज (घटस्थापनाको अघिल्लो दिन)मा उनीहरूमाथि पहिलो आक्रमण भएको थियो । स्थानीयहरूका अनुसार २६ कात्तिकमा स्थानीय राम केवल महतो नुनियाले सोही ठाउँका ‘धामी’ विनोद पासमानलाई बोलाएर बैठका (धामी खेलाउन स्थान) राखेका थिए । सोही बैठकामा राम केवलकी अन्दाजी १७ वर्षीया छोरी लीलावती कुमारी शरीरमा देवी चढेको भन्दै बर्बराएकी थिइन् । इतरियादेवीले मरिसकेको सासूको आत्मालाई कब्जामा राखेर बोक्सीको काम गर्ने गरेको र छरछिमेकका बालबालिका बिरामी पार्ने गरेको आरोप लगाउँदै बैठकाबाट विनोद पासमान र राम केवल महतोको परिवार उनको घरमा छिरेर कुटपिट गरेका थिए ।

    घटनाको भोलिपल्टै इतरियाका श्रीमान् राजेन्द्रले इलाका प्रहरी कार्यालय गौशालामा निवेदन दिएका थिए । प्रहरीले निवेदन अस्पष्ट भएको भन्दै झन्डै २० दिनको म्याद राखेर १७ कात्तिकका लागि (शुक्रबार) छलफलमा बोलाएको थियो । प्रहरीले पहिलो घटनालगत्तै दोषीलाई कारबाही प्रक्रियामा नल्याउँदा पीडित परिवारमाथि दोस्रोपटक गम्भीर आक्रमण भयो । मंगलबार उनीहरूले पीडित परिवारका सदस्यहरू गम्भीर घाइते हुने गरी आक्रमण गरे । आक्रमणकारीबाट पीडित परिवारलाई जोगाउने क्रममा केही स्थानीयसमेत घाइते भएका छन् । दोस्रो घटनापछि मात्रै प्रहरीले दुई आरोपीलाई पक्राउ गरेको छ । किटानी जाहेरी परेका सन्तोष यादव र विनोद पासमान पक्राउ परे पनि चन्द्रशेखर यादव र केवल महतो अझै पक्राउ परेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑