• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीन करोड जनताको नाम मात्रको अभिभावक सरकार, विदेशी ऋण लिने मात्र काम हो र ?

  • वीरगंज संजाल
  • १९ कार्तिक २०८०, आईतवार १३:३२
  • १२६१

    वीरगंज । रुषा थापा । दुई करोड ९१ लाख ६४ हजार ५७८ जनताको अभिभावक सरकार हो । नेपाल सरकार अहिले हाँसेर बसेको छ भने जनता रोइरहेका छन् । गरिबी, बेरोजगारी र महंगीका कारण खान नपाएर जनता भोकभोकै बस्छन्, मागेर हिँड्छन् । शिक्षा, स्वास्थ्य, रोजगारm अवसरलगायतबाट उनीहरु वञ्चित छन् । जबकी यो उनीहरुको हक, अधिकार हो । जनताको खुट्टामा चप्पल छैन, जिउमा राम्रो कपडा छैन भने बस्नलाई बास छैन । उनीहरु खान नपाएर भोकभोकै भौतारिएका छन् । खुट्टामा राम्रो चप्पल नलगाएपनि वा मिठो खान नखाएपनि जनता सरकारलाई कर तिर्छन्, राजनीतिक दललाई मतदान गर्छन् । उनीहरु आफ्नो कर्तव्य, जिम्मेवार र दायित्व पूरा गर्छन् । यदिसम्म कि मुलुकको भूमि पनि जनताले नै सुरक्षा गर्छन् अनि विदेशी ऋण पनि बोक्छन् । नेपाल सरकार देश धितो राखेर विदेशीसँग ऋण लिन्छ । हालसम्म सरकारले विदेशीसँग २६ खर्ब ऋण लिएको पाइन्छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । तर, त्यो ल्याएको ऋणमा भने सरकारमा बस्नेहरु मोजमस्ती गरिरहेका छन् । अहिले सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु जनताले तिरेको कर वा भ्रष्टाचार गरेर सुकिलामुकिला भएर हिँडेका छन् । सर्वसाधारण जनता भने घरमा भोकका कारण रोएर बसेका छन् । प्रत्येक घरमा आर्थिक समस्या छ । जनताको घरको भान्छामा चुलो बल्न सकेको छैन । कोही मीटरब्याजबाट पीडित भएका छन् त कोही बैंक तथा वित्तिय संस्थाको ऋणबाट । त्यस्तै, आफुले जीवनभर खाईनखाई गरेर राखेर रकम सहकारीले खाइदिँदा पनि अधिंकाशको उठीबास भएको छ । व्यापारव्यवसायमा आएको मन्दीका कारण पनि त्यत्तिकै मानिसहरु पीडामा परेका छन् भने कोही कोठा, सटर र फ्रल्याट भाडा तिर्न नसकेर चिन्तित छन् । फेरि कोही काम नपाएर पीडित छन् भने कोही काम भएपनि तलब नपाएर पीडित छन् ।

    घरजग्गा, गाडी र सेयरमा लगानी डुबेपछि पनि अधिंकाशको भोक र निन्दा हराएको छ । कतिपय अभिभावकहरु आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियाबाट नफर्किएपछि पीडामा छन् भने कतिपय खाडी मुलुकमा गएका आफ्ना छोराछोरी गुमाएर पीडामा छन् । यसैगरी, आफ्नो परिवारको कोही सदस्य वा आफन्त जेलमा परेर पनि कोही चिन्तित छ भने उपचार गर्ने पैसा नहुँदा पनि अधिंकाश पीडामा छन् । ७७ ओटै जिल्लाका जनताहरु विभिन्न समस्यामा छन् । बिडम्बना, सरकारमा बस्ने राजनीतिक दल र सरकारी कर्मचारीहरुको यसतर्फ चासो छैन । वर्ष दिनमा आउने दशैंमा समेत जनताको ओठमा हाँसो आउँदैन । उनीहरुलाई के–कसरी खर्च जुटाउने भन्ने नै चिन्ता हुन्छ । तर, सत्तामा बस्ने राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुलाई जहिल्यै दशैं आइरहेको छ । उनीहरुकोे घरमा खानाको केही कमी हुदैँन भने देश–विदेश गुमिरहन्छन् त्यो पनि जनताले तिरेको करमा । मुलुकको ७७ ओटै जिल्लालाई नेपालको भूमि भनेर चिनिन्छ । ७७ ओटै जिल्लामा बस्ने नागरिकले नेपाली नागरिकता लिएका छन् । तर, उनीहरु राजनीतिक दलमा आबद्ध छन् । यहाँ त जनता नै आफ्नो मातृभूमिप्रति जिम्मेवार हुन सकेका छन् । पार्टीको लागि भन्दै आफ्नो मुलुकको प्रतिष्ठामा नै आँच आउने काम गर्ने गरेको पनि पाइन्छ । हाम्रो देशको अधिंकाश भूमि छिमेकी मुलुक भारत र चीनले कब्जा गरिसकेको छ । सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुले पनि विदेशी ऋण लिएर देश बेच्न लागिसकेका छन् । आर्थिक मन्दीका कारण बजारमा चहलपहल छैन । व्यापारव्यवसाय ठप्प भएको छ । दिनभरमा बहनी समेत नहुने व्यापारीहरु बताउँछन् भने झण्डै ७० प्रतिशत कोठा, सटर र फ्रल्याट खाली भएका छन् । बजारमा पाँच सय र हजारको नोट देखिन छोडेको छ । करोड मूल्य पर्ने घरजग्गा लाखमा झरेको छ भने ३५ सयको सेयर सय रुपैयाँमा झरेको छ ।

    त्यस्तै, गाडीको पनि यही हालत छ । मुलुकभर दर्तामा रहेका ३५ हजार बढी सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम खाइदिएको छ भने ५९ लाख जनताको सेयरमा लगानी डुबेपछि रुवाबासी चलेको छ । करोडौं जनता घरजग्गा र गाडीको मूल्य घटेर मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बाचौं ऋणले च्यापेको छ, ऋण तिरौं पैसा छैन । सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु कालो सिसा भएको सरकारी गाडीमा हुइकिइ रहेका छन् । बिहानबेलुकाकै छाक टार्न हम्मेहम्मे परेपछि जनताले पनि राज्यलाई कर तिर्न छोडेका छन् । सबैभन्दा बढी राजस्व संकलन हुने यातायात, मालपोत र भन्सार कार्यालयबाट पनि राजस्व उठ्न छोडेको छ । बैंक तथा वित्तिय संस्था टाट पल्टिएका छन् । जनताले बैंकमा बचत गर्न छोडिदिएका छन् । बैंकले कर्मचारीको तलब दिन नसकेको वा बचतकर्ताको रकम फिर्ता नगरेको पनि गुनासो सुनिन्छ । देशमा रोजगारीको अवसर नभएपछि दिनमा हजारौं नेपाली युवाहरु खाडी मुलुक उडेका छन् । अहिले बजारमा मुलुकको अर्थतन्त्र श्रींलका भइसकेको बताइन्छ । जनता आफुहरुको विरोधमा सडकमा उत्र्रिन्छन् र लखेट्छन् भनेर राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुलाई पीर परेको छ । जनता आफ्नो मातृभूमि बचाउन सडकमा आउनबाट रोक राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुले सञचारमाध्यमको प्रयोग गरेर भ्रम पैदा गर्दै आएका छन् । नेपाली सेना पनि न आफ्नो मातृभूमिको सुरक्षा गर्न सक्छ न मुलुकको अर्थतन्त्र डामाडोल भयो भन्दै तलबभत्ता नै त्याग्छन् । आर्मी देश र जनतामाथि बोझ बनेको छ । अहिले सर्वसाधारण जनताले आर्मी हटाउनुपर्छ भनेर आवाज उठाउन थालिसकेका छन् । अब पनि रगतपसिना बगाएर जनताले तिरेको करबाट आर्मी पाल्न सकिदैँन । जनता सरकारी कर्मचारीको तलबभत्ता कटौती गर्नुपर्ने र सरकारी गाडी दिनुनहुने बताउँछन् ।

    त्यस्तै, करार सेवामा रहेका कर्मचारी पनि हटाउनुपर्छ । विभिन्न संघसंस्था, होटल, रेस्टुरेन्ट, पसललगायतमा काम गर्नेहरुलाई कम्पनी तथा साहुले तलब दिन नसकेर धमाधम निकालेको छ । हिजो एउटै कम्पनी, होटल र रेस्टुरेन्टमा सयौं मानिसले काम गर्थे । आज तलब दिन नसकेर वा मन्दीका कारण कम्पनी नै बन्द भएपछि ती सयौं मानिस बेरोजगार भएका छन् । दुई वर्षअघि एक दिनको ज्याला हजार–दुई हजार दिन्छुभन्दा समेत कामदार पाइदैँन थियो । अहिले त दिनको पाँच सय मात्र ज्याला दिनुस् भन्दा समेत काम पाइदैँन । नेपालको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाएर मासिसकेको छ । यसले गर्दा मुलुकमा भोकमारीको संकेत देखिएको छ । अहिले न घर भाडामा जान्छ न कोठा, सटर र फ्रल्याट । सबै घर खाली छन् । भाडामा बसेकाले समेत भाडा तिर्न सकेका छैनन् । घर भाडामा लगाएर महिनामै लाखदेखि करोड आम्दानी गर्ने भन्दै बैंक तथा वित्तिय संस्थाबाट महंगो ब्याजमा कर्जा लिएर मानिसहरुले घर बनाए । अहिले घर भाडामा नगएपछि त्यो ऋण कसरी तिर्नु भनेर घरधनीहरु चिन्तित छन् । एकातिर बैंकको ऋण तिर्न पैसा छैन, अर्को घर बिक्री हुन्न । फेरि घर भाडामा नगएपछि इट्टा, डण्डी र फलाम टोक्न पनि मिल्दैन । यसले एकले अर्कोलाई लुट्ने र चोर्नेबाहेक अन्य विकल्प छैन । बेरोजगार भएपछि खान पाइदैँन । फेरि भोकले मानिसलाई लुट्नदेखि हत्या गर्न समेत सिकाउँछ । जसले गर्दा अब लुटपाट, चोरी र हत्याहिंसाका घटना दिन प्रतिदिन बढ्नेछ । तर, सबै नागरिक यस्तो क्रियाकलापमा संलग्न भएपछि सरकारले पनि कति जनालाई समात्ने ?

    कतिन्जेल उनीहरुलाई जेलमा पाल्ने ? विदेशीले सस्तो ब्याजमा ऋण दिन छोडेको छ । अनुदान पाइन्न । अब सरकारले विदेशीसँग लिएको ऋणको साँवाब्याज कसरी तिर्छ ? सरकारी खर्च कसरी धान्छ ? देश कसरी विकास गर्छ ? सरकारको आम्दानीको स्रोत केही छैन । किनकि मुलुकमा उद्योग, कारखाना छैन । राजनीतिक दलहरुले मुलुक यस्तो अवस्थामा पुप्याउँदा समेत हामी जनता कोही आफुलाई यो पार्टीको बताउछौं त कोही आफुलाई राजावादी भन्छौं । मुलुक विदेशी ऋणमा फसिसकेको छ भनेर जनतालाई थाहा छैन । जनता पार्टीको कार्यकर्ता बन्नमै व्यस्त छन् भने सरकारी कर्मचारी र राजनीतिक दलहरुले देश बेचिसके । श्रींलकाको जनतामा सचेतना थियो । उनीहरु शिक्षित थिए । जसले गर्दा मुलुकमा आर्थिक मन्दी आउनेबित्तिकै उनीहरु सडकमा उत्र्रिए । राष्ट्रपतिलाई देशबाटै लखेटे अनि आफ्नो देश बचाए । नेपाली जनता त न राष्ट्रपतिलाई लखेट्न सक्छन् न प्रधानमन्त्री र राजालाई । उनीहरु राजनीतिक दलका कमर्यकर्ता भएर बसेका छन् । जनता सडकमा उत्र्रिदैँनन्, अनि यसकै फाइदा उठाएर राजनीतिक दलहरुले देश बेच्न थालिसके । सोमबार र बिहिबार मन्त्रिपरिषद्को बैठक बसिन्छ, विदेशी ऋण स्वीकृत गरिन्छ । त्यो ऋणले सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता र सेवासुविधा उपलब्ध गराइन्छ । यस्तो हुँदा समेत जनताको आँखा खुल्दैँन । अहिले नेपाल कसले लिने भनेर विदेशी देशबीच होड चलेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑