• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनुसन्धानमा प्रहरीको खेलाँची : बिना ‘कनेक्सन’ नै मान्छे पक्राउ, गैरकानुनी थुनामा राखे के हुन्छ प्रहरीमाथि कानुनी कारबाही ?

  • वीरगंज संजाल
  • १९ कार्तिक २०८०, आईतवार १२:०४
  • २३६१

    वीरगंज । यही सोमबार बाराको कलैयाको मदरसा टोलमा प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डले नयाँ मोड लिएको छ । बारा प्रहरीले अनुसन्धानको नाममा बिना सबुत प्रमाण हचुवाको भरमा मान्छे पक्राउ गरिएको पाइएको प्रहरीको तथ्यले नै पुष्टि गरिरहेको छ । हत्या जस्तो जघन्य प्रकृतिको अपराधमा प्रहरीले पत्रकार सम्मेलन गरेर आरोपित वा संलग्न भएकाहरुलाई सार्वजनिक गर्दा त्यसमा सबुत प्रमाण, अपराधीसँगको ‘नेक्सस’, अपराधीले रेकी गर्दा देखेको प्रत्यक्षदर्शीको भनाइ जस्ता केही खास सबुत प्रमाणहरु सार्वजनिक गर्नुपर्ने हो । तर, बारा प्रहरीले भने यी सबुत प्रमाणहरु बिना नै स्वर्णकारको हत्याकाण्डमा संलग्न रहेको भन्दै मुख्य योजनाकार राधा गुप्तासहित सहयोगी भूमिका खेलेको जनाउँदै ५ जनालाई सार्वजनिक गर्‍यो । बाराका प्रहरी प्रमुख सुरेश काफ्ले गएको बुधबार राखेको पत्रकार सम्मेलनमा सार्वजनिक गर्दा यी सबैको मिलिभगतमा हत्या भएको बाँकी मुख्य ‘सुटर’हरु भने फरार रहेको दाबी गरे । यद्यपि, प्रहरीको यो भनाइमा तथ्यले भने साथ दिइरहेको थिएन । किनभने प्रहरीले पाँचै जनालाई सार्वजनिक गर्दा मनोज गुप्तासंग राधाको फोटो र फेला परेको गोलीबाहेक अरु कुनै प्रमाण सार्वजनिक गरेको थिएन । जसकारण स्वर्णकार हत्याप्रकरणमा बारा प्रहरीबाट खेलाँची भइरहेको उसैको तथ्यले छर्लङ पारेको छ । त्यसको बाबजुद पनि बारा प्रहरी भने आफ्नो दाबीलाई जबरजस्ती सिद्ध गर्न खोजीरहेको प्रहरी अनुसनधानको तरिकाले देखाई रहेको छ ।

    त्यति मात्र होइन स्वर्णकार हत्याको अनुसन्धानमा संलग्न केही अधिकारीहरु पनि प्रहरी अनुसन्धानबाट सन्तुष्ट छैनन्, हचुवाको भरमा अनुसन्धान भइरहेको उनीहरुको पनि स्वीकारोक्ति छ । हत्यापछि रुपेशको आचरण नै उनको हत्याको कारण भनेर बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सञ्चार माध्यमलाई दिएको अभिव्यक्ति विवादित बन्यो । पीडित परिवारले असन्तुष्टि व्यक्त गरे । आम नागरिकले पनि अभिव्यक्तिको आलोचना गरेपछि प्रमुख जिल्ला अधिकारीले सार्वजनिक रुपमै आफ्नो अभिव्यक्ति फिर्ता लिएको विज्ञप्ति नै जारी गर्नुपर्‍यो ।
    जिल्लाको प्रशासकीय प्रमुखको अभिव्यक्तिले प्रहरीले आफूलाई सुरक्षित महशुस गरेपनि सार्वजनिक अभिव्यक्ति फिर्ता लिएपछि प्रहरी अनुसन्धान नै शंकास्पद देखिएको छ । घटनाको तथ्यमा पुग्ने आधार भनेको पीडितले शंकाको आधारमा दिने उजुरी वा किटानी जाहेरी हो । तर, प्रहरीले पक्राउ गरेका विद्यालयका दुईजना कर्मचारीमाथि कुनै किमिसको शंका समेत नरहेको भनिसकेका छन् ।
    ती अधिकारीहरु किन सन्तुष्ट छैन, त्यसलाई यसरी अथ्र्याइरहेका छन् ।

    एक पटक त्यो पनि हेरौं ।कोसंग कस्को ‘कनेक्सन’ ?
    स्वर्णकारको हत्या भएको आजसम्म ७ दिन भयो । हत्या भए लगत्तै बारा प्रहरीले राधासहित स्कुलका दुई शिक्षकलाई पर्सा र बाराबाट नियन्त्रणमा लियो भने २ जना भारतीय गरुडातर्फको सीमाबाट । उनीहरुको पनि मुख्य योजनाकार भनिएका मनोजसँग कुनै प्राविधिक सम्पर्क भएको भने देखिएको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार शिक्षकद्वयको विषयमा हेर्दा उनीहरुमध्ये एकजनाले स्वर्णकारसंग र अर्कालले राधासंग कुरा गरेको देखिन्छ, त्यहीँ दिन । यही एउटा कारणले मात्रै उनीहरु पक्राउ परेका छन् । त्योबाहेक अरु कुनै सबुत प्रमाण भने देखिएको छैन । रियाजको हकमा देख्दा हत्या भए लगत्तै राधाले रियाज अन्सारीलाई फोन गरेको देखिन्छ । यही फोनको आधारमा रियाजलाई प्रहरीले नियन्त्रणमा लियो । तर रियाजले भने घटनाको दिन मात्रै राधाले फोन गरेको र त्यो पनि रुपेशमाथि भएको घटना बारेमा बुझ्नको लागि फोन गरेको बयान दिएकी छन् । अनुसन्धानममा संलग्न ती प्रहरी अधिकारीका अनुसार पनि रियाजको त्यो दिनबाहेक राधा वा मनोजसंग सम्पर्क नरहेको प्राविधिक हिसाबले देखिन्छ । त्यसपछि अर्का शिक्षक जाामिल अख्तर घटनाको दिन भने स्वर्णकारको भाइसंग यातायात कार्यालयमा आएको देखिन्छ ।

    तर उनी घटना भएको केही समयपछाडि भने स्वर्णकारलाई फोन गरेका छन्, यही कारणले प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ती प्रहरीका अनुसार यही एउटा फोनबाहेक जामिलको अन्य कुनै संलग्नता अहिलेसम्म देखिएको छैन । तैपनि प्रहरीले उनलाई पक्राउ गरि म्याद थपेको ती अधिकारी बताउँछन् । जुन कमजोर अनुसन्धान रहेको उनको बुझाइ छ । राधाको सवालमा पनि प्राविधिक पाटोबाट उनैले हत्याको योजना बनाएको भने देखिएको छैन । प्रहरी स्रोत भन्छ, ‘राधाको मनोजसंग भएको म्यासेज वा च्याटिङमा हत्या गर्ने कुनै योजना बनेको विषयमा कुराकानी भएको देखिदैन । च्याटिङ भएको छ । अश्लिल भिडियोहरु पठाइएको छ । मार्ने योजनाको बारेमा केही उल्लेख गरेको छैन । मनोजले रुपेशसंग भने सम्बन्ध तोड्न दबाब दिइरहेको देखिन्छ, त्यहि विषयमा उनीहरुबीच विवाद भएको पनि देखिन्छ ।’‘त्यसकारण अहिलेसम्म पक्राउ परेकाहरुलाई गैर न्यायीक ढंगले हिरासतममा राखेको देखिन्छ, जुन आफैमा प्रहरीबाट हुने एउटा अपराध पनि हो,’ उनले भने । नयाँ अपराध संहिताले कसैलाई बिना सबुत प्रमाण गैरकानुनी थुनामा राख्न नपाइने व्यवस्था गरेको छ । यदि कुनै अधिकारीले गर्छन् भने त्यसमा कानुनले दण्डको व्यवस्था गरेको छ ।

    गैरकानुनी थुनामा राखे के हुन्छ कारबाही ?
    मुलुकी अपराध संहिता २०७४ ले गैरकानुनी थुना सम्बन्धीको कसुरबारे स्पष्ट बोलेको छ । त्यसमा बदनियतपूर्वक थुनछेक गर्न नहुने ः (१) कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन हुँदैन । यदि कोही गर्छ भने त्यसलाई (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । अधिकार प्राप्त व्यक्तिले बाहेक अरु कसैले कसैको आवागमनमा अवरोध गर्न वा गराउन हुँदैन । (४) उपदफा (३) बमोजिमको यो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यति मात्रै होइन बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने कानुनी व्यवस्था छ । जहाँ भनिएको छ – कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुँदैन ।

    जसले यस्तो गरेमा (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यसको साथै (३) उपदफा (१) बमोजिमको कसूरबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी भएमा निजले त्यस्तो कसूरदारबाट क्षतिपूर्ति भराई लिन सक्ने कानुनी प्रावधान छ । तर, बारा प्रहरी प्रमुख काफ्ले भने आफूले कसैलाई गैरकानुनी थुनामा नराखेको दाबी गर्छन् । उनी भन्छन्, ‘सबैलाई सबुत प्रमाणकै आधारमा समातिएको छ, त्यो सबै प्रमाण हामी सम्बन्धित निकायमा पेश गर्छौ, अहिले सार्वजनिक गर्नुपर्ने जरुरी छैन ।’ कानुनी प्रक्रिया अपनाएरै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी काफ्लेको दाबी छ । यो समाचार रेसखबरबाट साभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑