पर्सा । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार “राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता सम्पन्न भएकाे छ । कालिकामाई गाउँपालिकाकाे सहयाेग र कालिकामाई युवा समाजकाे आयाेजनामा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
दिव्य कन्या माद्यमिक विद्यालय बिरन्चीबर्वामा भएकाे प्रतियाेगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मावि भेडिहारीका राज चाैरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् ।
प्रतियाेगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारी र पाँचौं पुरस्कार कालिका कन्या आधारभूत विद्यालयलाई प्रदान गरिएकाे युवा समाजका काेषाध्यक्ष बुलेट तिवारीले जानकारी दिए । ।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चाैरसियाकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा प्रमुख अतिथि कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता विशिष्ट अतिथि कालिका टाइम्सको प्रबन्ध निर्देशक छठु साह र प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादव,निर्णायक मण्डलमा विषय विज्ञ सशिभुषण मुखीया,कन्हाई मुखीया र बिशाल यादव रहेका थिए ।
कार्यक्रमका अध्यक्षता गर्नुभएका कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाले आफूहरु सधैं सकारात्मक परिवर्तनका लागि युवा शक्तिलाई एकीकृत गरी अगी बढ्ने र विद्यार्थीहरुलाई आइपर्ने हरेक समस्यमा कालिकामाई युवा समाज अग्र पङ्तीमा रही साथ देने भन्दै कार्यक्रममा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यबाद व्यक्त गर्नुभएको थियो!
कार्यक्रममा कालिकामाई युवा समाज वरिष्ट उपाध्यक्ष आकाश महतो केवट,उपाध्यक्ष भारत साह तेली, महा ससचिव बिशाल कुशवाहा,सचिव विकाश पटेल ,सदस्यहरू रमेश प्रसाद चौरसिया,राकेश सारार्फ,दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसाद, शिक्षक सुवाेध चाैरसिया, इन्द्रदेव कुर्मी, रामबिश्वास चाैरसिया लगायत विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरूको उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे संचालन दिव्य कन्या माविका शिक्षक आदित्य शर्माले गरेका थिए ।