वीरगंज । जनता समाजवादी पार्टी नेपाल पर्साले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादब, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्धन यादब, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी शोनी, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, प्रेमबाबु पटेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष सिंगासन साह तेलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पार्टीका लजिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।