पर्सा । पर्सामा जनमत पार्टीको जिल्ला समन्वय समिति विस्तार गरिएको छ । विस्तारित जिल्ला समन्वय समितिकाे अध्यक्षकाे जिम्मेवारी ओमप्रकाश सर्राफले पाएका छन् ।सर्राफ यसअघि जिल्ला संयाेजक थिए ।
विस्तारित जिल्ला समन्वय समितिकाे उपाध्यक्षमा परवेज अख्तर,प्रमाेद यादव र अमरनाथ सिंह राठाैड,सचिवमा शशीभुषण पाण्डे र काेषाध्यक्षमा अभिषेक तिवारी रहेका छन् ।
विस्तारित ९७ सदस्यीय जिल्ला समन्वय समितिकाे सदस्यमा अजय तिवारी,अनुपमा यादव,अर्जुन महताे, अमिर मियाँ,केदार पटेल,कृष्णा गुप्ता,दुर्गा श्रेष्ठ,रेखा साेनी लगायतका रहेकाे जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंह र सहइन्चार्ज मुकेश द्विवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।