वीरगंज । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ ।
नेपालले ५६ रन जोड्दा ४ विकेट गुमाएको छ । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भए । चौथो विकेटका रूपमा कप्तान रोहित पौडेल आउट भए ।
उनले १२ रनमात्र बनाउन सके । नेपालले १३ रनमा पहिलो, ३७ रनमा दोस्रो र ४३ रनमा तेस्रो विकेट गुमाएको थियो । कुशल भुर्तेलले २६ रन जोडे । सोमपाल कामी १२ र आसिफ शेख ५ रन जोडेर पवेलियन फर्किएका थिए ।