• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा तेब्बरले बढ्यो प्याजको भाउ

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८०, सोमबार ११:२५
  • २१५७

    वीरगन्ज । चाडबाडका बेला प्याजको मुल्य ह्वात्तै बढेपछि उपभोक्ताहरु मर्कामा परेका छन् ।वीरगन्जको बजारमा दशैंको सप्तमीका दिनसम्म खुद्रामा प्याजको मुल्य किलोको ५५ रुपैयाँ थियो । तर शनिबारदेखि प्याजको मुल्य किलोको ह्वात्तै बढेर १३० रुपैयाँ पुगेको छ ।एक सातामै झण्डै तेब्बरले प्याजको मुल्य बढेपछि उपभोक्ताहरु मर्कामा परेका हुन् । शनिबार वीरगन्जको प्रमुख तरकारी बजार मीनाबजारमा प्याज किन्दै गरेको अवस्थामा भेटिएका वीरगन्ज ९ का भोला स्वर्णकारले भने,‘ मासु र प्याजको भाउ उस्ताउस्तै छ ।प्याजको महङ्गीले अब भान्सा चलाउनै मुश्किल पो हुने भयो ।’दशैं सुरु हुनु अगाडि किलोको ५० रुपैंयाँको भाउमा प्याज किनेका वीरगन्ज १५ का हरिओम साहले अहिले त्यहि प्याजलाई किलोको १३० रुपैयाँ तिनुपर्दा पसीना छुटेको बताए ।उनले भने,‘चाडबाडकै बेला प्याजको भाउ अचाक्ली बढ्यो । भाउ सुन्दै पसीना आयो । अब त प्याज नै नहाली तरकारी खानु पर्ला जस्तो छ ।’ भारतले आफनै देशमा कम उत्पादन भएपछि निर्यात रोक्ने उद्देश्यका साथ गत अगष्ट १९ देखि डिसेम्बर ३१ तारिखसम्म( भदौ २ देखि पुष १५ गते सम्म) का लागि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात महसुल लागु गरेको र नेपाल सरकारलेपनि गत साउनदेखि प्याजमा १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट ) लगाएका कारण नेपाली बजारमा अहिले प्याजको मु्ल्य ह्वात्तै बढेको हो ।

    भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले गत भदौ २ गतेदेखि पुस १५ गतेसम्म लागू हुने गरी प्याज निर्यातमा ४० प्रतिशत कर थपेको हो ।भारतले प्याजको निर्यातमा ४० प्रतिशत भन्सार कर र नेपाल सरकारलेपनि १३ प्रतिशत भ्याट लगाएपछि वीरगन्जका व्यपारीले भारतबाट प्याजको आयात नै ह्वात्तै घटाइदिएका कारण बजारमा प्याजको भाउ आकाशिएको हो । यसका साथै भारतमा गत साउन र भदौंमा भएको भीषण वर्षाका कारण प्याजको उत्पादन नै कम भई भारतमै भाउ महङगीएका कारणपनि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको वीरगन्जका थोक व्यपारीहरु बताउछन् ।नेपाल प्याजका लागि भारतमाथि निर्भर छ ।देशमा कूल मागको ९५ प्रतिशतभन्दा बढी प्याज भारतबाटै आयात हुने गरेको छ ।
    अचाक्ली कर थपिएकाले भारतबाट प्याज मगाँउनै छोड्यौं : थोक व्यपारी वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष विदूर कलवार भन्छन्,‘ अहिले बजारमा प्याजको भाउ ह्वात्तै बढ्नुको मुख्य दुई कारण छन् । एक त वर्षाले उत्पादन कम भएर भारतले निर्यात रोक्ने उददेश्यले प्याजको निर्यातमा ४० प्रतिशत भन्सार कर थपिदिएको छ ।अर्को कारण नेपाल सरकारले प्याजमा समेत १३ प्रतिशत भ्याट लगाइदिएका कारण थोक कारोबारीले उताबाट प्याज मगाउनै छाडेका छन् ।

    कलवारका अनुसार , विगतमा व्यवसायीहरूले भारतबाट हुने तरकारीको कारोबारमा ५ प्रतिशत अग्रिम आयकर र ९ प्रतिशत कृषि सुधार शुल्क गरेर १४ प्रतिशत मात्र कर तिर्ने गरेका थिए ।तर सरकारले गत साउन १ गतेदेखि आलु–प्याजमा १३ प्रतिशत भ्याट पनि तिर्नुपर्ने व्यवस्था गरेको छ। उता भारत सरकारलेपनि प्याजको निर्यातमा ४० प्रतिशत भन्सार कर थपिदिएको छ । जसका कारण प्याजमा १४ प्रतिशतको सट्टा अब झण्डै ६५ प्रतिशत कर तिर्नुपर्ने अवस्था भएपछि कारोबारीले प्याजको आयात नै ह्वात्तै घटाइदिएको कलवार बताउछन् । वीरगन्जको रेल्वे रोडमा अवस्थित आलु–प्याजका थोक कारोबारी शीव कलवारले भने,‘ यो सरकारलाई जनता होइन कर मात्रै चाहिएको छ ।भारतले त आफनो देशमा उत्पादन कम भएर प्याजको निर्यातमा ४० प्रतिशत कर थप्नु बेग्लै कूरा हो । तर हाम्रो सरकारले कर मात्रै असुल्नका लागि आलु–प्याजमा समेत भ्याट लगाउनु कहाँसम्मको जायज छ ? १४ प्रतिशतको ठाँउमा अब ६५ प्रतिशत कर तिरेर बेच्दा हामीले के कमाउने ? । त्योभन्दा बरु उताबाट प्याज मगाउँनै छाडिदिएको छु ।’ मिनाबजारका थोक व्यपारी मुकेश गुप्ताले भारतले ४० प्रतिशत र सरकारले १३ प्रतिशत भ्याट लगाएयता आँफुले भारतबाट प्याज आयात नै नगरेको बताए ।वीरगन्जमा भारतबाट प्याज आयात गर्ने आँफुसमेत तीन चार जना कारोबारी रहेको र उनिहरुलेपनि अहिले उताबाट प्याज आयातको कारोबार बन्द गरिदिएको उनले बताए ।

    बजारमा भारतबाट राजश्व छलेर ल्याइएको प्याज

    वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्व अध्यक्ष कलवारका अनुसार,अहिले वीरगन्जको बजारमा खरिदबिक्री भइरहेको प्याज वैध नभई अवैध बाटोबाट अर्थात राजश्व छलेर भित्रयाइएका प्याज हुन् । कलवारले भने, ‘ भन्सार तिरेर वैध बाटोबाट ल्याएर बजारमा बेच्नै सकिन्न । त्यसकारण खुद्रा व्यपारीले सीमावर्ती सहर रक्सौलबाट साइकलमा भरियामार्फत राजश्व छलेर प्याज मगाएर बेचिरहेका छन् । त्यहि प्याज उपभोक्ताले किनिरहेका छन् ।’ राजश्व छलेर साइकलमा भरिया मार्फत भित्रयाइएका कारण ढुवानी खर्च बढी पर्ने भएकाले अहिले बजारमा भाउ महङ्गीएको कलवारले बताए ।कलवार भन्छन्,‘ ठूला थोक कारोबारीको गोदाममा अहिले प्याज नै छैन् । त्यसकारण खुद्रा व्यपारीले जसोतसो रक्सौलबाट क्यारियरबाट साइकलमा ढुवानी गराएर बजारमा प्याज बेचिरहेका छन् । क्यारियरको चार्ज थप्दा भाउ महङगो पर्ने नै भयो । यसका साथै भारतमा बढी प्याजको खेती हुने नासीक,इन्दौर, बैंंग्लोर लगायतका स्थाानमा गत साउन–भदौंमा भीषण वर्षाका कारणले खेती नै नष्ट भएपछि उत्पादन कम भई भारतमै प्याजको भाउ महङगीएकाले त्यसको सिधा असर नेपाली बजारमा पनि परेको वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्षा जग्गु साह तुरहाले बताए । तुराहाले भने,‘ रक्सौलकै बजारमा खुद्रामा प्याजको भाउ किलोको ९० रुपेयाँ (भारु ५५ रुपैयाँ )छ । क्यारियरबाट चोरबाटो मगाँउदा किलोको ११५ देखि १२० रुपैयाँ पर्न आउँछ । अनि यहाँ किलोको १३० रुपैयाँमा व्यपारीले बेचिरहेका छन् ।यो भाउ अझै उकालो लाग्दै जान्छ । एकमहिनापछि मात्रै नयाँ प्याज बजारमा आउँछ । अनिमात्र मुल्य घट्ने सम्भावना छ ।

    भारतबाट प्याजको आयात पाँच गुणाले घट्यो

    प्याजमा कर थपिएपछि भारतबाट वीरगन्ज नाका हुदै प्याजको वैध आयात ह्वात्तै घटेको तथ्य वीरगन्ज भन्सार कार्यालयको तथ्यांकलेपनि पुष्टि गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार , पछिल्लो तीन महिनामा भारतबाट वीरगन्ज नाका हुदैं १ करोड ३६ लाख ८९ हजार रुपैयाँ मुल्यको ३ हजार २ सय ९१ क्वीन्टल मात्र प्याज नेपाल भित्रिएको छ ।गत सााउनदेखि असोजसम्म तीन महिनाको अवधीमा उत्तःm परिमाणको प्याज आयातबाट ३३ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए । जबकि गत आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको अवधी (साउनदेखि असोजसम्म) मा भारतबाट वीरगन्ज नाका हुदैं ६ करोड २७ लाख ८ हजार रुपैयाँ मुल्यको १७ हजार ९ सय ३ क्वीन्टल प्याज आयात भएको थियो । त्यसबापत ८७ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    चालु आर्थिक वर्षको गत तीन महिनामा गत आर्थिक वर्षको यहि तीन महिनाको अवधीको भन्दा १४ हजार ६ सय १२ क्वीन्टल कम प्याज आयात भएको हो । वीरगन्ज भन्सारको यो तथ्यांकलेपनि साउनदेखि यता भारतबाट प्याजको आयात पाँच गुणाले घटेको पुष्टि छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑