• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दसैँको १५ दिनमा ११ सय ३४ दुर्घटना, एक सयको मृत्यु

  • वीरगंज संजाल
  • १३ कार्तिक २०८०, सोमबार ११:१७
  • २१०९

    वीरगंज । दसैँ पर्वको १५ दिनभित्र भएका एक हजार एक सय ३४ सवारी दुर्घटनामा एक सय जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक हजार ६ सय ९२ छ । प्रहरीले उपलब्ध गराएको यो तथ्यांक २८ असोजदेखि १२ कात्तिकसम्मको हो । यस वर्षको दसैँ २८ असोज (घटस्थापना) देखि सुरु भएर ११ कात्तिक (कोजाग्रत पूर्णिमा) सम्म चलेको थियो ।

    तथ्यांकअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशका छन् । यस अवधिमा लुम्बिनीमा ७६ दुर्घटना भएका छन्, जसमा २६ यात्रुले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक सय नौ पुगेको छ । यस अवधिमा ट्राफिक प्रहरीले लुम्बिनीमा मात्रै सात हजार सात सय ४३ सवारीचालकलाई कारबाही गरेको छ ।

    यस अवधिमा भएको दुर्घटनामा परी मृत्यु हुने दोस्रो स्थानमा मधेश प्रदेश छ । तथ्यांकअनुसार मधेश प्रदेशमा मात्रै १५ दिनभित्र तीन सय ६० दुर्घटना हुँदा २४ जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या ६ सय ६ छ । यस अवधिमा मधेश प्रदेशमा ट्राफिक प्रहरीले ६ हजार ८९ सवारीसाधनलाई कारबाही गरेको थियो ।
    दुर्घटनामा परी मृत्यु हुने तेस्रो स्थानमा कोशी प्रदेश छ । कोशीमा १५ दिनको अवधिमा एक सय ४७ दुर्घटना भएका छन्, जसमा १७ जनाले ज्यान गुमाएका छन् । दुई सय ८५ जना घाइते भएको प्रहरीले जनाएको छ । यस अवधिमा ट्राफिक प्रहरीले सात हजार ७३ सवारीसाधनलाई कारबाही गरेको छ । दसैँका वेला बागमती प्रदेशमा ६० दुर्घटना भएका छन्, जसमा ज्यान गुमाउनेको संख्या ११ जना र घाइते हुने एक सय ९२ पुगेका छन् । ट्राफिक प्रहरीले यस अवधिमा दुई हजार सात सय २५ सवारीसाधनलाई कारबाही गरेको जनाएको छ । तथ्यांकअनुसार गण्डकी प्रदेशमा भएका २२ दुर्घटनामा परी आठजनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या ३० छ । ट्राफिक प्रहरीले सात हजार नौ सय ६२ सवारीसाधनलाई कारबाही गरेको छ ।

    दसैँको समयमा सुदूरपश्चिम प्रदेशमा १९ दुर्घटना भएका छन् । दुर्घटनामा नौजनाको ज्यान गएको र २४ जना घाइते भएका छन् । यस अवधिमा दुई हजार तीन सय ८५ सवारीसाधन कारबाहीमा परेका छन् । कर्णाली प्रदेशमा यस अवधिमा ६१ दुर्घटना भएका छन्, जसमा दुईजनाले ज्यान गुमाएका र ८८ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ । यस अवधिमा एक हजार पाँच सय ५८ सवारीसाधन कारबाहीमा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑