बारा | बारा प्रहरी दव्रा अवैध सामान सहित ट्रक नियन्त्रणमा लिइएको छ ।
येही मिति सनिवार दिउसो करिब १ बजेको समयमा जिल्ला बारा, तपुरसिमरा उप-महानगरपालिका वडा नं.०७ अमलेखगंज चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो
पार्टका सामानहरू बिल विजक भन्दा बढी श्रोत खुलाउन नसकेको लगभग ६२,६१,५३७।- (बयसठ्ठी लाख एकसठ्ठी हजार पाँच सय सैतिस) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीले जनाएको छ।