• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जाभी बने डच प्रशिक्षक,युरो २०२८ र २०३० को विश्वकपसम्म टोली सम्हाल्ने

  • वीरगंज संजाल
  • Aug 13, 2026, 10:35 am
  • ०

    वीरगंज  | स्पेनका चर्चित पूर्व खेलाडी तथा विश्व विजेता टोलीका सदस्य रहेका जाभि हर्नान्डेज नेदरल्यान्ड्स (डच) टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

    खेलाडीका रूपमा सन् २०१० को विश्वकप जितेका बार्सिलोनाका महान् खेलाडी जाभीले प्रशिक्षकका रुपमा सन् २०२४ मा क्याम्प नोउ छाडेयता कुनै पनि टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिएनन्।

    अब जाभीले नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन्। उनले चार वर्षको सम्झौता गरेका हुन्। यसको अर्थ उनले नेदरल्यान्ड्सलाई युरो २०२८ र सन् २०३० को विश्वकप मा आफ्नो नेतृत्वमा टोलीलाई सहभागि गराउने छन्।

    ४६ वर्षीय पूर्वमिडफिल्डर जाभीले प्रशिक्षक नियुक्त भएपछि भने ‘बार्सिलोनाको एकेडेमीबाट प्रशिक्षण लिएको र योहान क्रुफ तथा रिनुस मिखेल्सलगायतका प्रशिक्षकबाट गहिरो प्रभाव पारेको हुनाले डच फुटबलसँग मेरो विशेष सम्बन्ध महसुस हुन्छ। तपाईं भन्न सक्नुहुन्छ, म केही हदसम्म डच फुटबलकै ‘छोरा’ हुँ।’

    उनले लुइस भान गाललाई पनि सम्झिंदै भने ‘गालको प्रशिक्षणमा मैले बार्सिलोनामा आफ्नो पहिलो खेल खेलेँ, र फ्राङ्क राइकार्डजस्ता महान् प्रशिक्षकहरूले पनि खेलाडी तथा प्रशिक्षकका रूपमा मेरो विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।’

    रोनाल्ड कोएम्यानले नेदरल्यान्ड्सको दोस्रो कार्यकाल समाप्त भएपछि पदबाट राजीनामा दिएका थिए। उनको नेतृत्वमा नेदरल्यान्ड्स मोरक्कोसँग पेनाल्टी सुटआउटमा अन्तिम ३२ मा पराजित भएको थियो। पूर्व लिभरपुल प्रशिक्षक आर्ने स्लटले पनि डच फुटबल संघसँग प्रारम्भिक छलफल गरेको बताइएको थियो। तर उनले क्लब फुटबलमै निरन्तरता दिन रुचि देखाए।

    जाभीको नेतृत्वमा नेदरल्यान्ड्सले खेल्ने पहिलो खेल सेप्टेम्बर २४ मा एम्स्टर्डमको योहान क्रुफ एरिनामा जर्मनीविरुद्ध नेसन्स लिग खेल्ने छ। जाभी सन् १९७८ को विश्वकप फाइनलमा पुगेको अस्ट्रियाका प्रशिक्षक अर्न्स्ट हापेलपछि नेदरल्यान्ड्सको राष्ट्रिय टोली सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बनेका छन्। हापेलको टोली फाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो।

    जाभीले भने, ‘नेदरल्यान्ड्ससँग समृद्ध फुटबल संस्कृति र स्पष्ट दृष्टिकोण छ, जसले मलाई निकै आकर्षित गर्छ, बलमाथि नियन्त्रण राख्दै रचनात्मकता, जोस र आत्मविश्वासका साथ आक्रामक फुटबल खेल्ने शैली निकै प्रभावित लाग्छ।’

    उनले सबैभन्दा महत्वपूर्ण लक्ष्य जित भएको बताए। उनले भने ‘सबै भन्दा ठुलो कुरा जित हो र सधैं जित नै हुने छ। तर म त्यस्तो शैलीमा जित्न रुचाउँछु, जसले यी विशेषताहरूलाई प्रतिबिम्बित गरोस् र समर्थकहरूले पनि खेलको आनन्द लिन सकून्। यसका लागि आवश्यक क्षमता र बलियो आधार नेदरल्यान्ड्ससँग छ।’

    नेदरल्यान्ड्स अझै पनि अन्तर्राष्ट्रिय फुटबलमा सधैं नजिक पुगेर पनि उपाधि जित्न नसक्ने टोलीको छविमा कायम छ। नेदरल्यान्ड्सले अहिलेसम्म तीन पटक विश्वकपको फाइनल खेलेको छ, जुन विश्वकप जित्न नसकेका देशहरूमध्ये सबैभन्दा धेरै हो।

    सन् १९८८ को युरो उपाधि नेदरल्यान्ड्सले जितेको एकमात्र ठूलो अन्तर्राष्ट्रिय उपाधि हो। त्यसयता उसले युरोमा चार पटक सेमिफाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन। पछिल्लो पटक दुई वर्षअघि इंग्ल्यान्डसँग सेमिफाइनलमा पराजित भएको थियो।

    खेलाडीका रूपमा जाभीले स्पेनलाई लामो समयदेखि उपाधि जित्न नसकेको टोलीबाट विश्व फुटबलको प्रभुत्वशाली शक्तिमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। स्पेनले लगातार तीन ठूला अन्तर्राष्ट्रिय उपाधि युरो २००८, विश्वकप २०१० र युरो २०१२ जित्दा जाभी टोलीका प्रमुख खेलाडी थिए। अब उनले प्रशिक्षकको भूमिकाबाट नेदरल्यान्ड्ससँग त्यस्तै सफलता दोहोर्‍याउने अवसर पाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?
  • सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा
  • ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने
  • सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

    सिंहदरबारभित्रै ढिलासुस्ती: सात वर्षसम्म बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै

    जाभी बने डच प्रशिक्षक,युरो २०२८ र २०३० को विश्वकपसम्म टोली सम्हाल्ने

    एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साद्वारा रक्तदान तथा सरसफाइ कार्यक्रम

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा बन्द, सर्वसाधारण मर्कामा

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    योगेश भट्टराईको प्रश्न- नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र त हुँदैछैन ?

    News

    ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

    News

    सुरक्षा पन्त सम्बन्धी अभिव्यक्तिले राजेश हमाल किन ट्रोल भैरहेका छन् ?

    News

    बुटवल–नारायणगढ सडक : सन्तानब्बे प्रतिशत काम सम्पन्न

    News

    रोल्पा पहिरोमा सम्पर्कविहीनको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑