वीरगंज । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा शुक्रबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरमा छिमेकी छेदी साहको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी भर्न खोज्दा करेन्ट प्रवाह भई २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो ।
साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक युवकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।